ग्रीन भेन्चर्सको आईपीओ फागुन २ देखि

ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। निष्काशन बन्द छिटोमा फागुन १६ गत...

सम्बन्धित सामग्री

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, ८६ प्रतिशतको हात खालि

ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले गत चैत ८ गतेदेखि ११ गतेसम्म जारी गरेको कूल २८ लाख ७५ हजार कित्ता सेयर बराबरको आईपीओ आइतबार बाँडफाँड भएको हो । गोलाप्रथामार्फत भएको आईपीओ बाँडफाँटमा २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो । ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका

ग्रीन भेन्चर्सको आईपीओ बिक्री खुला

ग्रीन भेन्चर्स लिमिटेड आईपीओ मंगलबारदेखि निष्काशन तथा बिक्री खुला भएको छ ।कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको छ । त्यसमा ३ प्रतिशत अर्थात […]

आजदेखि ग्रीन भेन्चर्सको आईपीओ सर्वसाधारणको लागि खुल्ला

काठमाडौं, ८ चैत्र । आजदेखि ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ जारी गरेको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मुल्यका ३१ लाख २५ हजार कित्ता आईपीओ खुल्ला गरेको हो । कम्पनीले जारी गरेको शेयरमध्ये ३ प्रतिशत (९३ हजार ७५०) कित्ता शेयर कर्मचारी, ५ प्रतिशत (१ लाख ५६ हजार) कित्ता सामुहिक लगानी कोषका लागि छुट्टाएको छ । […]

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ रिम्यू : पहिलो शेयर कारोबार कतिमा होला ?

चैत ८, काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गते मंगलवादेखि सर्वसाधारणमा आईपीओ निस्कासन गरेको छ । कम्पनीले प्रति शेयर  १०० रुपैयाँ अंकित दरको ३१ लाख २५ हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको  हो ।  सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरीएको छ । यी बाहेक बाँकी २८ लाख ७५ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।  यो आईपीओ खरीदका लागि छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा चैत २२ गतेसम्म आईपीओ विक्रीको मिति कम्पनीले तय गरेको छ । तर यस अघिको आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा चैत ११ गतेभित्र मात्र यो आईपीओ विक्रीमा रहने सम्भावना छ ।  यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने व्यवस्था छ ।  यो आईपीओलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूर रेटिङ्ग प्रदान गरेको छ ।  यस अघि कम्पनीले आयोजना प्रभावित स्थानियमा ३१ लाख २५ हजार कित्ता शेयर फागुन २ गतेदेखि १० गतेसम्म विक्री खुला गरी फागुन २९ गते बाँडफाँट गरिसकेको छ । आईपीओमार्फत जुट्ने पूँजी कम्पनीले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न उपयोग गर्ने बताएको छ । कम्पनीको परिचय : यो कम्पनी विक्रम सम्बत् २०६१ साल मंसिर २२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणहरूको जनसहभागिता विस्तार गर्ने हेतुले २०७५ फागुन १३ गतेदेखि कम्पनी ऐन, २०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनीमा परिणत भइ कारोबार सञ्चालन गरिरहेको छ ।  कम्पनीले ओखलढुंगा जिल्लाको लिखु–४ जलविद्युत आयोजनाबाट ५२ दशमलव ४ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्यअनुरूप जलविद्युत् आयोजनाको निर्माण, उत्पादन तथा सञ्चालन गर्न विद्युत उत्पादनको अनुमति पाएको हो ।  कम्पनीले निर्माण गरेको लिखु–४ जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युत् एकमुष्ठ नेपाल विद्युत् प्राधिकरणले खरीद गर्न मञ्जुर गरी कम्पनी र प्राधिकरणबीच २०७३ असार २९ गते विद्युत् खरीद विक्री सम्झौतासमेत सम्पन्न भएको थियो ।  अहिले यो आयोजनाले विद्युत् प्राधिकरणसँग भएको सहमतिअनुसार व्यापारिक उत्पादन शूरू हुने मिति देखिनै विद्युत् उत्पादन गरी विद्युुत् विक्री गरिरहेको छ । लिखु–४ जलविद्युत आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ८ करोड रुपैयाँ रहेको छ । उक्त आयोजनाको ओसत प्रति मेगावाट लागत २३ करोड रुपैयाँ अनुमान गरिएको छ ।  कम्पनीको पूँजीको अवस्था : यस कम्पनीको अधिकृत पूँजी ५ अर्ब छ । जारी पूँजी भने ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ छ । तत्काल चुक्तापूँजी २ अर्ब ५० करोड कम्पनीका संस्थापक शेयरधनीहरूबाट र ३१ करोड २५ लाख रुपैयाँ स्थानीयबाट पनि चुक्ता भइसकेको छ ।  त्यस्तै बाँकी ३१ करोड २५ लाख रुपैयाँको आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब १२ करोड ५० लाख पुग्नेछ । आईपीओपश्चात् कम्पनीमा संस्थापक शेयरधनीको ८० प्रतिशत, स्थानीय सर्वसाधारणको १० प्रतिशत र सामूहिक लगानी कोष, कर्मचारीसहित सर्वसाधारण शेयरधनीको हिस्सा १० प्रतिशत कायम हुनेछ ।  कम्पनीको सञ्चालक समिति : कम्पनीको नियमावलीमा ७ जना सदस्य सञ्चालक समितिमा रहने व्यवस्था छ । जसमध्ये संस्थापक समूहबाट मनोनित वा निर्वाचित सञ्चालक ५ जना हुने छन् भने सर्वसाधारण शेयरधनीमध्येबाट १ जना निर्वाचित हुने छन् ।  त्यस्तै स्वतन्त्र सञ्चालकमा १ जना छनोट हुने व्यवस्था छ । हाल कम्पनी सञ्चालक समितिको अध्यक्षमा सुभाष चन्द्र संघई रहेका छन् । त्यस्तै संचालकमा विरेन्द्र कुमार संघई, गोविन्द लाल संघई, त्रिलोक चन्द अग्रवाल र अनुज अग्रवाल रहेका छन् ।   कम्पनीको वित्तीय अवस्था : आर्थिक वर्ष २०७७/७८ पुससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ शुन्य १ पैसा छ । उक्त विवरणअनुसार प्रति शेयर नेट्वर्थ ९३ रुपैयाँ ८७ पैसा छ । सो अवधिमा कम्पनीको सञ्चित नाफा ५ करोड २ लाख रुपैयाँ छ ।   कम्पनीको प्रक्षेपित तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ सम्म प्रति शेयर आम्दानी १० रुपैयाँ २७ पैसा हुने छ भने प्रति शेयर नेट्वर्थ १२१ रुपैयाँ ६३ पैसा हुनेछ । यो अवधिसम्ममा सञ्चित नाफा ३२ करोड ९ लाख ६० हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।  यस कम्पनीले ओखलढुङ्गा जिल्लामा ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७७/७८ सम्म रू. ९१ दशमलव ८६ रहेको छ ।  गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनी रू. ९७ लाख ९९ हजार सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपस्किृत वित्तीय विवरण अनुसार भने कम्पनीको सञ्चित नाफा रू. ५ करोड २ लाखभन्दा बढी छ । पहिलो शेयर कारोबारका लागि कति पाउला मूल्यरेञ्ज? कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट पश्चात कायम भएको पूँजी बराबरको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउँनेछ । कम्पनीको स्थानीयको शेयर बाँडफाँट भएको मितिले तीन वर्षमसम्म विक्री हुने छैन बाँकी शेयर सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारयोग्य हुनेछ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्यरेञ्ज तोक्ने व्यवस्था छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७७/७८ सम्म रू. ९१ दशमलव ८६ रहेको छ । यस आधारमा नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता रू. ९१ दशमलव ८६ देखि अधिकतम रू. २७५ दशमलव ९८ सम्मको मूल्यरेञ्ज पाउनेछ ।

ग्रीन भेन्चर्स कम्पनीको आईपीओ खुल्यो

काठमाडौँ । ग्रीन भेन्चर्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आज (मंगलबार)देखि आवेदन खुलेको छ । कुल ३१ लाख २५ हजार कित्तामध्ये सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याएपछि बाँकी २८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ । न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । चैत ११ गतेसम्म आवेदन […]

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ खुला

काठमाडौं : ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ।  कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो। जसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ। यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २८ लाख ७५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।  आईपीओमा चैत ११ गतेसम्म आव

३१ लाख २५ हजार कित्ता आईपीओ जारी गर्दै ग्रीन भेन्चर्स

ग्रीन भेन्चर्स लिमिटेडले ३१ लाख २५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता एक सय रूपैयाँ अंकित ३१ करोड २५ लाख रुपैयाँ मूल्यबराबरको ३१ लाख २५ हजार कित्ता आईपीओ जारी गर्ने भएको हो । सेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ ।कम्पनीका अनुसार कुल ३१ लाख २५ हजार कित्ता मध्ये ५ प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र ३ प्रतिशत (९३ हजार ७५० कित्ता) सेयर कर्मच

कहिले खुल्दैछ ग्रीन भेन्चर्स कम्पनीको आईपीओ ?

ग्रीन भेन्चर्स लिमिटेडले ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता आईपीओ जारी गर्नेछ ।

आजदेखि ३१ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?

ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। निष्काशन बन्द छिटोमा फागुन १६ गत...

स्थानीयका लागि सोमबारदेखि आईपीओ जारी गर्दै ग्रीन भेञ्चर्स

१ फागुन, काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रा स्थानीयका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन २ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख रुपैयाँ मूल्य बराबरको प्रारम्भिक आइपीओ जारी गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी (३ अर्ब १२ करोड ५ […]