ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले गत चैत ८ गतेदेखि ११ गतेसम्म जारी गरेको कूल २८ लाख ७५ हजार कित्ता सेयर बराबरको आईपीओ आइतबार बाँडफाँड भएको हो । गोलाप्रथामार्फत भएको आईपीओ बाँडफाँटमा २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो । ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका