क्याबिन क्रुको हड्तालले  दिनभर उडान रोकियो, साढे ४ सय यात्रु अलपत्र

काठमाडौं : नेपाल एयरलाइन्सका तीन वटा जहाजको उडान रोकिँदा त्रिभुवन विमानस्थल पुगेका यात्रु अलपत्र परेका छन्।नेपाल वायुसेवा निगममा क्याबिन क्रुको आन्दोलनका कारण उडान नहुँदा तीन वटा जहाजका झण्डै ४ सय ५० यात्रु अलपत्र परेका हुन् । क्याबिन क्रुको हड्तालका कारण रोकिएका उडान बिहीबार साँझ ६ बजेपछि हुन लागेको निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए।निगमले हड्ताल गरेका क्याबिन क्रुको मागमा सहमति जनाएकाले बिहानदेखि रोकिएको साउदी अरेबियाको रियाद, भारतको बैंगलोर र नयाँ दिल्लीको उडान ६ बजेको तालिकामा

सम्बन्धित सामग्री

तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प, दैनिक ६५ भन्दा बढी यात्रु अलपत्र

तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प, दैनिक ६५ भन्दा बढी यात्रु अलपत्र

दशैंमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

कोहलपुर (बाँके)। हिन्दू धर्मालम्वीहरूको महान् चाड दशैंको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दशैं मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् । नेपालगञ्जमा भेटिएका हुम्लाका धनन्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि अलपत्र परेको बताए । भोजपुरमा शिक्षण पेसामा कार्यरत उनी दशैं मनाउनका लागि गृहजिल्ला जानका लागि यहाँ आए पनि टिकट नपाएकाले होटलमा बस्न बाध्य भएको बताए ।  'टिकट पाइन्छ कि भनेर दैनिकरूपमा नेपाल वायुसेवा निगमको टिकट विक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु,' जेठाराले भने, 'बिहान ४ बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन सकेको छैन ।' स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन् । सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन् । नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ ।  निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको जेठाराले बताए । उनका अनुसार दशैंको समयमा अन्य समयभन्दा यात्रुको चाप बढी भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन् ।  निजी एयरलाइन्सले नियमित उडान नगरेको भन्दै नियमित उडान भर्दै आएको वायुसेवामा पनि पहुँचवालाले मात्र टिकट पाउँदा आफूहरू समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताए । यसअघि सातामा तीन दिनमात्र उडान भर्दै आएको नेपाल एयरलाइन्सले दशैंलाई लक्षित गरी आइतवारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ ।  एयरलाइन्स क्षेत्रीय कार्यालय, नेपालगञ्जका स्टेशन प्रमुख मानबहादुर चौधरीका अनुसार दशैंको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ । 'यसअघि हप्तामा तीन दिनमात्र उडान हुँदै आएको थियो,' उनले भने, 'अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ ।' यात्रुलाई सहजरूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिए। यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उनको भनाइ थियो । बाजुरा कोल्टीकी सङ्गीता विष्टले दशैंका लागि घर जान हवाई टिकट काट्न आएको भन्दै टिकट नपाउँदा घर कसरी जाने भन्ने चिन्ता लागेको बताए । निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले नपाएको उनको गुनासो थियो । 'एउटा उडानमा १७ सिट हुन्छ,' उनले भने, 'यहाँ सातओटा टिकट मात्र सर्वसाधारणलाई दिने गरिन्छ । बाँकी टिकट पहुँचवालाले पाउँछन् ।'  रासस

३ प्रश्न

अनुमति नै नभएको उडानको टिकट काट्दा सयौँ यात्रु अलपत्र परे । तिनको व्यवस्थापन कसरी गरिरहनुभएको छ ? निगमले काठमाडौं–दिल्ली सातामा १४ उडान गथ्र्यो । तर, एक साताअघि विन्टर सेड्युल जारी हुँदा १० उडान...

अचानक नेपाल एयरलाइन्सको दिल्ली उडान स्थगित भएपछि यात्रुको बिचल्ली

काठमाडौं : काठमाडौंबाट दिल्ली उड्ने नेपाल एयरलाइन्सको उडान स्थगित भएको छ। आइतवार दिउँसो १ बजेर ४५ मिनेटमा दिल्ली उडानको तालिका थियो। तर अचानक उडान स्थगित भएको जानकारी आएपछि विमानस्थल पुगेका यात्रु अलपत्र परेका थिए। एयरपोर्ट समयमा नै यात्रुहरु विमानस्थल पुगेर बोर्डिङ पाससमेत लिइसकेका थिए। विमानस्थल स्रोतका अनुसार करिब २ सय यात्रुले…

मुगुमा नियमित उडान भर्न सरोकारवालाको जोड

मुगु-  मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायले जोड गरेका छन् । कर्णालीका हिमाली जिल्लामा उडान छाडेर निजी कम्पनीका जहाजहरू पर्यटक बोक्न पूर्वतिर लागेपछि मुगुसहित अन्य जिल्लाका यात्रु अलपत्र परेका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय मुगुमा बसेको राजनीतिक दलका प्रतिनिधि र जहाजका कर्मचारीबीचको छलफलले आगामी दिनमा नियमित उडान भर्ने सहमति भएको छ । मुगुमा तारा, […]

तेन्जिङ हिलारी विमानस्थलमा चार दिनदेखि उडान ठप्प, यात्रु अलपत्र

मौसम प्रतिकुलताका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा पाँच दिनदेखि हवाई उडान ठप्प बनेको छ । गत आइतबारदेखि उडान हुन नसकेको नेपाल नागरिक उड्न प्राधिकरण लुक्लाले जनाएको छ ।  केही दिनयता...

जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् । बाजुरा, मुगु  र हुम्लाका बासिन्दाले सेवा लिँदै आएका सेवाग्राहीले एक सातादेखि जहाजको टिकट नपाएको गुनासो गरेका छन् । कोल्टीबाट उडान हुने नेपालगञ्ज र धनगढीको टिकट नपाउदा सयौँ यात्रु कोल्टी विमानस्थलमा अलपत्र परेको स्थानीय पत्रकार धनबहादुर बोहराले राससलाई बताए । बाजुरासहित छिमेकी जिल्लाका वासिन्दा एक सातादेखि जहाजको पर्खाइमा रहेको र जहाजको टिकटसमेत नपाएको यात्रुले गुनासो

खाडीका नेपाली यात्रु अलपत्र

सरकारले नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडानको अनुमति दिएको छ । तर खाडीका नेपाली भने अझै अलपत्र छन् ।कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नियमित हवाई उडान रोकेको एक महिना नाघिसक्दा खाडी र मलेसियामा रहेका नेपाली पीडित भएका छन् । त्यसैले नेपाली यात्रुले कतार खुला भएका कारण अन्य मुलुकमा पनि सुरक्षा मापदण्ड […]

जनकपुरमा श्री एयरलायन्सले साँझको उडान रद्द गर्दा विमानस्थलमै यात्रु अलपत्र

जनकपुरधामबाट उडान गर्ने श्री एयरलायन्सले अन्तिम समयमा आएर उडान रद्द गर्दा दर्जनौँ यात्री जनकपुरधाम विमानस्थलमा अलपत्र परेका छन्।

जड्या को–पाइलटका कारण १०६ यात्रु अलपत्र

दक्षिण–पश्चिम जर्मनीमा स्टुटगार्ट विमानस्थलमा १ सय भन्दा बढी यात्रु अलपत्र परेकोमा एक पोर्चुगिज विमान सेवाले माफी मागेको छ । रक्सी सेवन गरेको को–पाइलटका कारण अन्तिम समयमा आएर आफ्नो एक उडान रद्ध भएपछि १ सय ६ यात्रु अलपत्र परेका थिए ।