जिल्ला प्रशासन कार्यालय सल्यानमा कर्मचारी अभाव

जिल्ला प्रशासन कार्यालय सल्यानमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दी अनुसारका कर्मचारी नभएका कारण पछिल्लो समय सेवाग्राही लाई दिने सेवामा समस्या भएको कार्यलयले जनाएको छ । कार्यालयमा प्रजिअसहित २२ जनाको दरबन्दी रहेकामा हाल १५ मात्र कार्यरत छन् । पछिल्लो समय जिल्ला प्रशासन कार्यलय बाट नागरिकता लिने सेवाग्राहीको भीड बढेपछि कर्मचारी अभावमा सेवा प्रवाहमा दिनहुँ समस्या हुँदै आएको छ ।

सम्बन्धित सामग्री

तिब्बतीलाई नागरिकता बनाइदिएको प्रकरणमा प्रशासनका कर्मचारी पनि अनुसन्धानमा तानिए

२० चैत, काठमाडौं । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएको घटनामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका कर्मचारी पनि छानबिनको दायरामा तानिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले गरेको अनुसन्धानमा यो प्रकरणमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा काम गरेका कम्तीमा ३ जना कर्मचारीको संलग्नता खुलेको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीका अनुसार तिब्बतीलाई […]

चुनावकाे कारण जिल्ला प्रशासन कार्यालय रसुवाबाट राहदानी वितरण स्थगित

रसुवा – कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले राहदानी वितरण कार्य मङ्गलवारदेखि स्थगन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण राहदानी वितरण लगायत चुनाव सम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ । प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवं नवीकरणलगायतका सबै सेवा मङ्गलवार देखी मङ्सिर ४ गतेसम्म बन्द भएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले गर्‍यो सम्पूर्ण सेवा बन्द

जनकपुरधाम । कर्मचारीको निधन भएको शोकमा जिल्ला प्रशासन कार्यालय धनुषाले एक दिनका लागि  सेवा बन्द गरेको छ । प्रशासकीय अधिकृत बालवीर ठाकुरको आज हृदयाघातका कारण असामयिक निधन भएको हो । उनको निधन र भाइरल ज्वरोका कारण ८-९ कर्मचारी होम आइसोलेसनमा रहेकाले आज प्रवाहित हुने सेवाहरू स्थगन गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा तीन ‘सिफ्ट’मा काम

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा दिन थालेको छ । कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले हिजोदेखि बिहान ७ देखि बेलुका ७ बजेसम्म सेवा दिन थालेको हो । बिहान ७ बजेदेखि १० बजेसम्म, बिहान १० देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि बेलुका ७ बजेसम्म गरि तीन सिफ्टमा कर्मचारी व्यवस्थापन गरिएको प्रशासनले  जनाएको छ । कार्यालयमा सेवा लिन आउने राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप बढेपछि दैनिक तीन सिफ्टमा सेवा विस्तार गरिएको प्रमुख जिल्ला अधिक...

सल्यानमा एकै दिन १ सय ९ कर्मचारी अनुपस्थित

सल्यान : सल्यानमा एकै दिन विभिन्न १७ कार्यालयका १ सय ९ कर्मचारी अनुपस्थित भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले बुधबार गरेको छड्के निरीक्षणमा सल्यान सदरमुकाममा रहेका १७ सरकारी कार्यालयको छड्के निरीक्षणको क्रममा धेरै कर्मचारी अनुपस्थित भएको पाइएको हो।जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार सबैभन्दा धेरै सल्यान जिल्ला अस्पतालमा ३६, स्वास्थ्य सेवा कार्यालयमा १६, सामाजिक विकास कार्यालयमा ४, डिभिजन वन कार्यालयमा ५, कृषि विकास कार्यालयमा १३, प्रदेश लेखा एकाइमा २ कर्मचारी अनुपस्थित रहेका छन्।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभाव

राजविराज, २ फागुन: दरबन्दीअनुसारका कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालय सप्तरीको सेवा प्रभावित भएको छ । कार्यालयमा प्रमुख जिल्ला अधिकरी, सहायक प्रमुख जिल्ला अधिकारी, तीन प्रशासकीय अधिकृत, १० नायब सुब्बा, पाँच खरिदार र कार्यालय सहयोगीसहित ३३ जनाको दरबन्दी छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार एक अधिकृत, आठ नायब सुब्बा (नासु ), पाँच खरिदार र कार्यालय सहयोगीकै […]

जिल्ला प्रशासन कार्यालय रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना

कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले सेवा बन्द गरेको छ । कार्यालयका करिब ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि सोमबारदेखि सेवा बन्द भएको हो ।सोमबार सूचना जारी गरी कार्यालयका अधिकांश कर्मचारी संक्रमित भएकाले शुक्रबारसम्म सेवा स्थगित गरेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जनाएका छन् । सेवा प्रदायकका रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीच नियमित र प्रत्यक्ष सम्पर्क हुने भएकाले कार्यालयको नागरिकता, संघ संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटतर्फका

जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय कैलालीले आइतबारबाट अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको छ । कार्यालयका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको भन्दै कार्यालयले आइतबारदेखि अत्यावश्यक सेवा बन्द गर्ने जनाएको हो । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै केही कर्मचारीलाई कोरोना पुष्टी भएको र अन्य कर्मचारी लाई मिल्दो जुल्दो लक्षण देखापरेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको हो ।जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी एवम् प्रशासकिय अधि

जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आफ्नो सबै सेवाहरु अर्को सूचना नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले शान्ति सुरक्षा, मुद्दा लगायत अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।कार्यालयले कोभिड संक्रमणका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आइसोलेसनमा रहेका र कार्यालयमा अत्याधिक भिडभाड भै कोभिड थप फैलिन सक्ने जनाउँदै सेवा बन्द गरिएको जनाएको छ । बन्द गरिएका सेवाहरुमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता÷नवीकरण, पेन्स