काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिसम्बन्धी विवादको टुंगो लगाउन दबाब दिन थालिएको छ । बिहीबार राखेप कर्मचारी संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले सदस्य सचिव नियुक्तिसम्बन्धी विवाद अन्त्यको माग गर्दै ¥याली निकालेका हुन् । उनीहरूले विवाद टुंग्याउन युवा तथा खेलकुद मन्त्रालय र सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् । […]