काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेकाे छ । आज साेमवार बसेकाे मन्त्रिपरिषद् बैठकले राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेकाे हाे । केपी ओलीकाे सरकारकाे पालामा राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई देउवा सरकारले स्पष्टीकरण साेधेकाे थियाे । त्याे स्पष्टीकरणकाे चित्तबुझ्दाे जवाफ नदिएकाे भन्दै सिलवालाई बर्खास्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाे हाे । यस्तै देउवा सरकारले सिलवालसहित युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेका राष्ट्रिय ...