पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाज आज मुस्ताङको थसाङ-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो । जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रु रहेका थिए । नेपालमा यो पहिलो जहाज दुर्घटना भने होइन । यसअघि पनि थुप्रै पटक नेपालमा जहाज तथा हेलिकप्टर दुर्घटना भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो ७६ वर्षमा ५२ वटाभन्दा बढी जहाज तथा हेलिकप्