गौरिगंगामा राजमोको विरोध सभासँगै संगठन विस्तार

कैलाली । राष्ट्रिय जनमोर्चा कैलालीको आयोजनामा आज गौरिगंगा नगरपालिका वार्ड नं ६ मा संसद विघटनविरुद्ध विरोध सभा सम्पन्न भएको छ । राजमो जिल्ला सल्लाहकार खकेन्द्र बुढाको सभापतित्व तथा अखिल (छैठौं) का केन्द्रीय सचिवालय सदस्य उमेश कंडेलको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा राजमो प्रदेश सदस्य लक्षिराम आचार्य, नेकपा (मसाल) कैलालीका प्रवक्ता मिलन शाही र स्थानीय नेता तुलसीराम चौधरीले सम्बोधन गर्नु भएको थियो । आजै दैद्वारी टोलमा तुल्सिराम चौधरीको अध्यक्षतामा १५ सदस्यीय राजमोको टोल समिती गठन गरिएको छ । समितिको उपाध्यक्षमा राजकुमार चौधरी, सचिवमा कमला चौधरी, सहसचिवमा फिरु चौधरी, कोषाध्यक्ष हरिलाल चौधरी र सदस्यहरुमा हरिराम चौधरी, हरि प्रसाद चौधरी, सिताराम चौधरी, मनिसा चौधरी, बुधराम चौधरी, करन चौधरी, सुन्नदरकलि चौधरी र हरि चौधरी रहनु भएको छ । यो पनिः  कैलालीमा मसाल जुलुससहित विरोधसभा सम्पन्न कैलालीको दुर्गौली र लम्कीमा राजमोको विरोध सभा कैलालीको बौनियामा राजमोको विरोध सभा टिकापुरमा राजमोको विरोध सभा राजमाे कैलालीकाे अभियान जारी, भजनी र हसुलियामा विराेध सभा कैलालीमा पार्टी प्रवेश गराउँदै राजमोको एक महिने अभियान सुरु  कैलालीमा पार्टी र जनवर्गीय संगठनको संयुक्त भेला, यस्ता छन् संघर्षका कार्यक्रम  

सम्बन्धित सामग्री

घोराहीको सौरिकुलामा राजमोको समिती गठन

दाङ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको ‘वार्ड वार्डमा सभा, टोल टोलमा समिति’ अभियान अन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर १० को सौरिकुलामा टोल समिती गठन गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्य र नगर कोषाध्यक्ष चन्द्रबहादुर रावतको उपस्थितमा समिति गठन भएको हो । समितिको अध्यक्षमा ऋषिराम विक, उपाध्यक्ष तारासिंह आग्री, सचिव सिबा विक र कोषाध्यक्ष मिनु विक चयन हुनुभएको छ । सदस्यहरुमा पूर्णबहादुर विक, यमबहादुर विक, गौरब विक, पदमबहादुर विक, छलिमाया विक लगायत रहनु भएको छ । उक्त समितिको बैठकले आफ्नो टोलमा व्यापक संगठन विस्तार गर्ने र माघ २६ गते दिउँसो ३ बजे सौरिकुला चोकमा गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा, ओली सरकारको असंवैधानिक कदम, भ्रष्टाचार र संघीयताका विरुद्ध विरोध सभा गर्ने निर्णय गरेको छ ।

कपिलवस्तुमा किसान संघको नगर समिति गठन

तौलिहवा । अखिल नेपाल किसान महासंघ (अफ्फा) जिल्ला समिति कपिलवस्तु अन्तर्गत शिवराज नगरपालिकाको चनौटामा नगरस्तरीय भेला सम्पन्न भएको छ । कर्मराज चौधरीको अध्यक्षतामा र जिल्ला अध्यक्ष मुक्तिराम न्यौपानेको उपस्थितिमा सम्पन्न भेलाले कर्मराज चौधरीको अध्यक्षतामा ९ सदस्सीय अखिल नेपाल किसान महासंघ शिवराज नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा छन्दबहादुर केसी, सचिव गोपाल केसी, कोषाध्यक्ष अर्जुन पौडेल, सदस्यहरू श्याम मोहन केवट, मोहन चौधरी, पुरण मुराउ र हरिमाया भण्डारी रहनुभएको छ । भेलामा नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) केन्द्रीय सदस्य केरसिंह अदै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामबहादुर विकले सम्बोधन गर्दै किसानका समस्या, सरकारको नीति, साथै देशको तत्कालीन राजनैतिक अवस्थ को बारेमा प्रष्ट पार्नु भएको थियो । भेला पछिको बैठकले संगठन विस्तार गर्ने, यही माघ ३० गते गोरूसिङ्गेमा हुने किसान संघको विरोध सभामा व्यापक किसानहरू उतार्ने निर्णय गरेको छ । कार्यक्रमको सञ्चालन केरसिंह पुनले गर्नु भएको थियो भने स्वागत मोहन चौधरीले गर्नु भएको थियो ।

झिम्रुक-६ मा पार्टी प्रवेश गराउँदै संगठन निर्माण सुरु, १० टोली परिचालन

प्युठान । राष्ट्रिय जनमोर्चा झिम्रुक गाउँपालिकाको –६ मा अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा राजमोका केन्द्रीय प्रतिनिधी वासुदेब पोख्रेलले देशको तात्कालिन राजनीतिक परिस्थितीको बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै, झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले गाउँपालिकाले गरेको विकास निमार्णका बारेमा जानकारी गराउनु भएको थियो भने अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसीले प्रशिक्षण भेलाको उद्यश्य बारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेकपा माओवादीका पुराना नेता शिवबहादुर केसी सो पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्नुभएको थियो । उहाँलाई नेता पोख्रेलले अविर लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो । भेलाले प्रत्येक टोल–टोलमा संगठन विस्तार गर्नको लागि १० वटा टोली बनाएको छ । त्यस्तै यही माघ २४ गते ओली सरकारले गरेको संसद विघटन असंवैधानिक र अप्रजातान्त्रिक भएको भन्दै विरोध सभा गर्ने भएको छ । भेलामा दिलीप बिकको अध्यक्षता, भरत ढकालको स्वागत तथा हेमराज भट्टराईको सञ्चालन रहेको थियो भने ६ न.वडा अध्यक्ष निमानसिंह जिसीको पनि उपस्थिती थियो । यो पनिः झिम्रुकको वडा नं ४ मा संगठन निर्माण गर्न १० टोली परिचालन प्युठान झिम्रुकमा राष्ट्रिय जनमोर्चाको भेला

गुल्मीमा राष्ट्रिय जनमोर्चाद्वारा विरोध सभासँगै संगठन विस्तार

शंकर प्रसाद पोख्रेल, गुल्मी । राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिले महंगी भ्रष्ट्राचार केपि ओलीको असंवैधानिक कदम र संघीयताको विरूद्धमा विरोध सभा सम्पन्न गरेको छ । आइतबार…