टिकापुर । राष्ट्रिय जनमोर्चा कैलालीले मंगलबार टिकापुरमा विरोध सभाको आयोजना गरेको छ । यही माघ ३ गतेदेखि जिल्लाब्यापी अभियान सुरु गरेको राजमोले सोही सिलसिलामा विरोध सभा सम्पन्न गरेको हो ।
टिकापुरको खड्क चोकमा आयोजित कार्यक्रमलाई तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता मिलन शाही र राजमो जिल्ला अध्यक्ष दयाराम सञ्ज्यालले सम्बोधन गर्नुभएको थियो ।
राजमो सुदूरपश्चिम क्षेत्रीय सदस्य तिलक परियारको अध्यक्षतामा भएको सभाको संचालन रामकृष्ण रेग्मी र स्वागत टेकराज न्यौपानेले गर्नुभएको थियो ।
राजमो कैलालीले दैनिक स्थानीय तहहरुमा विरोध सभाको आयोजना गर्ने गरेको छ । भोलि माघ ७ जानकी गाउँपालिकाको दुर्गौली बजारमा र लम्कि बजारमा सभा हुनेछ ।
यो पनिः
राजमाे कैलालीकाे अभियान जारी, भजनी र हसुलियामा विराेध सभा
कैलालीमा पार्टी प्रवेश गराउँदै राजमोको एक महिने अभियान सुरु
कैलालीमा पार्टी र जनवर्गीय संगठनको संयुक्त भेला, यस्ता छन् संघर्षका कार्यक्रम