बुटवल। बुटवल उपमहानगरपालिका वडा नं ११ को मत गणनाका क्रममा बक्सा पहिले खोलिएको र सिलबन्दी कपडाभित्र स्वस्तिक छाप भेटिएपछि मतगणना रोकिएको छ।
‘च’ बुथको दोस्रो बक्साको ४१३५३८ को बक्सा लक तोडिएको अवस्थामा भेटिएको र बक्सा सिलबन्दी गरेको कपडामा स्वस्तिक छाप भेटिएकोले रहस्यमय भएको नेकपा एमालेको सो वडाका अध्यक्ष दिननाथ भट्टराईले बताए।