बुटवल उपमहानगरपालिका अपडेटः ४८ सय मत गणना सकियो, कसको कति मत ?

बुटवल उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । ४८ सय मतपत्र गणना सकिँदा मेयरका उम्मेदवार नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २२१४ मत पाएका छन्। यस्तै नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत ल्याएका छन्उपमेयरतर्फ नेकपा एमाले साबित्रादेवी अर्यालले १४८२ मत ल्याएकी छन्। यसैगरी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १२८१ मत पाएका छन्। 

सम्बन्धित सामग्री

बुटवलको मत गणना स्थगितः मतपेटिकाको सिल कसले र किन तोड्यो?

बुटवल उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ। वडा नं. ११ को मतगणनाका क्रममा विवाद उत्पन्न भएपछि गणना कार्य रोकीएको हो।...

बुटवल उपमहानगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता कायमै

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार खेलराज पाण्डेयले मतान्तर बढाउनुभएको छ । ५ हजार ७७ मत गणना हुँदा उहाँले २ हजार २ सय १४ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको हो ।बुटवलमा वडा नंं १ को मत गणना सकिएको छ भने २ र १९ को मत गणना जारी रहेको छ। […]

बुटवल उपमहानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

१ जेठ, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेयले मतान्तर बढाउँदै लगेका छन् । आइतबार बिहान ५ बजेसम्म ५ हजार ७७ मत गणना हुँदाको परिणाम अनुसार पाण्डेयले २२१४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । बुटवलमा वडा नंं १ को मत गणना सकिएको छ भने २ र १९ […]

बुटबल अपडेट : एमालेभन्दा कांग्रेस ९०२ मतले अगाडि

बुटवल-बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा कांग्रेसका खेलराज पाण्डेले फराकिलो अन्तरले अग्रता बढाएका छन्। ४८ सय मत गणना सकिँदा प्रमुख पदका उम्मेदवार उम्मेदवार पाण्डेयले २२१४ मत पाएका छन्। यस्तै, नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत ल्याएका छन्। उपप्रमुखतर्फ एमालेकी साबित्रादेवी अर्यालले १४८२ मत ल्याएकी छन्। यसैगरी, गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १२८१ मत पाएका छन्।

बुटवलमा ११ सय मत गन्दा २०५ मत बदर

बुटवल – बुटवल उपमहानगरमा ११ सय मत गन्दा २०५ मत बदर भएका छन्। ११ सय मत गणना हुँदा २०५ मत बदर भएको हो। बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले कुनै पनि निर्वाचन चिन्हमा मतदान नगरेको र दुई वटा पार्टीमा प्यानल मतदान गरेका मतपत्र भेटिएका छन्। ११ सय मतगणना हुँदा दुई पार्टीमा मतदान गरेको मतपत्र समेत भेटिएका […]

बुटवल उपमहानगरको मेयरमा काँग्रेसको अग्रता कायमै, उपमेयरमा राप्रपा अगाडि

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ । उपमहानगरमा १४ सय मत गणना गर्दा काँग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले ६०३ मतसहित अग्रता बनाएका छन् ।सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका काँग्रेसका पाण्डेलाई राप्रपाका मेयरका उम्मेदवार मृगेन्द्र शेरचनले ३०२ मत पाएका छन् । यस्तै नेकपा एमालेका बाबुराम भट्टराई २३९ प्राप्त गरी तेस्रो स्थानमा छन् ।यता उपप्रमुखमा भने राप्रपाका भगवती पाण्डेले ३१९ मत पाएकी छन् । राप्रपाकी पाण्डेलाई एमालेकी सावित्रा अर्यालले २९४ का साथ पछ्याइ

बुटवलमा यसरी भईरहेको छ मतगणना

बुटवल – बुटवल उपमहानगरपालिकामा बुटवल उपमहानगरपालिकाकै मत गणना भईरहेको छ। गएको राती १ बजेदेखि शुरु भएको गणनामा अहिलेसम्म नेपाली कांग्रेसका खेलराज पाण्डे अगाडि छन् भने उनलाई राप्रपाका मृगेन्द्र शेरचनले पछ्याईरहेका छन् ।

बुटवलमा ११ सय मत गन्दा कांग्रेसको अग्रता, राप्रपा दोस्रो

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरमा ११ सय मत गणना गर्दा कांग्रेसको अग्रता कायमै रहेको छ। शुरुवातदेखि नै अग्रता कायम गरेका कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले मतान्तर बढाउँदै लगेका छन्। पाण्डेले अहिलेसम्म ४९६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मृगेन्द्र कुमार शेरचनले २६१ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका…

बुटवल र भैरहवामा कांग्रेसको अग्रता

रुपन्देहीका स्थनीय तहहरूमा मत गणना भइरहेको छ। मतगणना सुरु भएका स्थानीय तहहरूमा कांग्रेसले अग्रता लिएको छ।...

लुम्बिनीमा पुनको अग्रता कायमै

बुटवल-नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले अग्रता कायमै राखेका छन्। १०२९ मत गणना गर्दा पुनले भरत कुमार शाहलाई ८२ मतले पछाडि पारेका छन्। निर्वाचन समितिका अनुसार पुनले ५५६ मत प्राप्त गरेका छन् भने शाहले ४६२ मत ल्याएका छन्। प्रदेशको नेतृत्वको लागि शनिवार मतदान भएपनि आइतवार बिहानबाट मतगणना सुरु भएको थियो। निर्वाचनमा […]