काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नेपाल बन्द सहित संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीका तेस्रो तहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।