काठमाडौं : पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुने भएको छ।नेता ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास तोकिएको छ। निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। यससँगै ठाकुर १५ गते सर्वोच्च गएका थिए। रिटमा निर्वाचन आयोग समेतलाई विपक्षी बनाइएको छ।निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी (ज
काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद आज टुंग्याउने भएको छ। आयोगले आज ११बजे पार्टीको आधिकारिकताबारे निर्णय गर्न केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदैछ। जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच देखिएको पार्टी आधिकारिकताको विवादलाई ‘हेड काउन्ट’मार्फत टुंग्याउन लागिएको हो। आयोगको निर्णय रोक्न अदालतमा मुद्दा परेपनि अन्तरिम आदेश जारी भएन। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार विवादको टुंगो आजै लाग्नेछ।