काठमाडौं : सामाजिक सञ्जाल फेसबुक तालिबान विरोधी नीतिमा दृढ देखिएको छ। फेसबुकले अफगानिस्तानका तालिबान नियन्त्रित राष्ट्रिय टेलिभिजन र बख्तर न्युज एजेन्सीका पृष्ठ निलम्बन गरी तालिबानविरोधी आफ्नो नीतिलाई पुष्टि गरेको हो।‘अफगानिस्तान नेसनल टेलिभिजन र बख्तर न्युज एजेन्सीका पृष्ठहरूले अब फेसबुकमा पहुँच पाउने छैनन्,’ अफगानी खामा प्रेसले आफ्नो समाचारमा लेखेको छ । समाचारमा लेखिएको छ, ‘तालिबानले सत्तारोहणसँगै अफगानिस्तान राष्ट्रिय टेलिभिजनको सञ्चार केन्द्रको नियन्त्रण जफत गरेद