अघिल्लो सरकारले गरेका कतिपय विवादित निर्णयप्रति वर्तमान सरकारले कठोर नीति अघि सारेको छ ।
वर्तमान सरकारले बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमार्फत अघिल्ला सरकारले ल्याएको स्रोत सुनिश्चित नगरिएका थुप्रै आयोजना खारेज गरेको थियो ।
पछिल्लोपटक अघिल्लो सरकारका मन्त्रीहरूले गरेको कतिपय निर्णयप्रति वर्तमान सरकारले झनै कठोर नीति लिएको छ ।
साँस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको ठाडो निर्देशनमा केही समयअघि नारायणहिटीभित्र निर्माणाधीन रेस्टुरेन्ट डोजल लगाएर भत्काइएको थियो ।
अघिल्लो सरकारले टेन्डर आह्वान नै गरे...