काठमाडौं : सफल बैंकर अनिलकेशरी शाहले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न क्षमताले भ्याएसम्म लाग्नुपर्ने बताएका छन्।तर, समग्र बजेट निकै विस्तृत रहेको र जारी महामारीसँग जुध्ने विकल्पहरूमा भने केन्द्रित नभएको उनले विश्लेषण गरेका छन्।'बजेटमार्फत सरकारले कोरोना महामारी आगामी आर्थिक वर्षभित्र पूर्व स्थितिमा फर्कने अनुमान गरेको छ। तर, ब कोरोना महामारीको स्थिति कस्तो रहन्छ भन्ने स्थितिले बजेट कार्यान्वयनमा प्रभाव पार्छ,' शाहले बजेटप्रति प्रतिक्रिया दिँदै भनेका छन