सरकारले चालू आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि साढे ३८ अर्ब रुपैयाँ बजेट दिँदा पनि किसानले चाहेअनुसार मल पाउनेमा ढुक्क हुने वातावरण बनेको छैन । कृषिप्रधान मुलुकका किसान मल नपाएर भौंतारिनुपर्ने अवस्था आउन नहुने हो । तर, विडम्बना वर्षाैंदेखि किसानले चाहेअनुसार रासायनिक मल पाउन सकेका छैनन् । सरकार भने विभिन्न बहाना बनाएर पन्छिने गरेको छ […]