काठमाण्डाै – खस्किँदो अर्थतन्त्रका कारण निजी क्षेत्र समस्यामा परेको भन्दै आज मङ्गलवार नेपाल उद्योग वाणिज्य महासङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । अर्थतन्त्र जोगाऔँ अभियानमा रहेको महासङ्घका तर्फबाट अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डले अहिलेकै अवस्था लामो समयसम्म गएमा निजी क्षेत्र तहसनहस हुने भन्दै समस्या समाधानको लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले देशको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभएको छ । प्रधानमन्त्री...