प्रस्तावित क्षेत्रभन्दा केही वरपर निजगढ विमानस्थल निर्माण हुन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन् । बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर काठमाडौं पुगेको निजगढ सार्वजनिक सरोकार समितिको ज्ञापनपत्र बुझ्दै देउवाले टाँगियावस्तीको हाल प्रस्तावित स्थानभन्दा केही पूर्वको स्थानमा सारेर भए पनि सरकारले निजगढ विमानस्थल बनाएरै छाडने बताएका हुन् । देउवाले विमानस्थल बनाउने भएर नै सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत रकम छुट्टयाएको बताए

सम्बन्धित सामग्री

निजगढ विमानस्थल बन्छ : प्रधानमन्त्री देउवा

बारा : प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेरै छाड्ने बताएका छन्। सत्ता गठबन्धनका शीर्ष नेताहरू सहित निमार्णाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।उनले विमानस्थल निर्माणका लागि निजगढ उपयुक्त ठाउँ रहेकोले तोकिएकै स्थानमा निर्माण हुनेमा दुई मत नरहेको बताए। प्रधानमन्त्री देउवाले विधि र प्रक्रिया पूरा गरेर निजगढ विमानस्थललाई पूर्णता दिइने बताए।सर्वोच्च अदालतको पूर्ण पाठ आए लगत्तै प्रधानमन्त्री देउवासहित