काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना (एमसीसी) जनताको घरघरमा पुगेको बिषय भएकाले राष्ट्रिय सहमति खोजेको बताएका छन्। बुधबार आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख सापकोटाले भने, 'एमसीसीको बिषयमा म अहिले अध्ययन गरिरहेको छु। यो बिषय जनताको घरघरमा पुगेकाले चासोको बिषय बनेको छ। त्यसैले मैले राष्ट्रिय सहमति होस् भन्ने चाहेको छु।'सभामुख सापकोटाले गृहजिल्ला सिन्धुपाल्चोकको विकट जुगल गाउँपालिका पुग्दा समेत एक स्थानीयले तामाङ भाषामा एमसीसी राष्ट्रघाती भएको भ