पुरस्कृत गर्न ४० कर्मचारी छनोट, सर्वोत्कृष्ट कर्मचारी सरकारले भेट्टाएन

२२ भदौ, काठमाडौं । सरकारले यस वर्षको निजामती सेवा दिवसमा पुरस्कार दिन ४० कर्मचारी छनोट गरेको छ । तर सर्वोत्कृष्ट निजामती कर्मचारी भने सरकारले फेला पार्न सकेन । सर्वोत्कृष्ट कर्मचारी फेला नपरेको यो लगातार चौथो …

सम्बन्धित सामग्री

सरकारले यो वर्ष पनि घोषणा गरेन सर्वोत्कृष्ट निजामती कर्मचारी

२१ भदौ, काठमाडौं । सरकारले यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा नगर्ने भएको छ । निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरुलाई पुरस्कृत गर्ने परम्परा छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजमती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सर्वोत्कृष्ट निजामती कर्मचारी भने नभेटिएको एक मन्त्रीले बताए ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा कर्मचारी तथा शाखा पुरस्कृत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक (Rastriya Banijya Bank) ले उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालय तथा कर्मचारीलाई पुरस्कृत गरेको छ । बैंक (RBB)को ५८औं वार्षिकोत्सवको अवसरमा गत माघ १० गते घोषणा गरिएको विभिन्न पुरस्कार एक समारोहका बीच सोमवार बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले हस्तान्तरण गरेका हुन् । बैंकले आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ को उक्त पुरस्कार वितरण गरेको हो । सर्वोत्कृष्ट कार्य सम्पादन गरेबापत् मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे र ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतलाई प्रदान गरेको बैंकले जानकारी दिएको छ । पुरस्कारको राशी जनही रू. ५० हजारसहित प्रमाणपत्र रहेको छ ।  त्यसैगरी उत्कृष्ट बैंक सेवा पुरस्कारबाट ६६ जना कर्मचारीलाई जनही रू. २० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सो अवसरमा विराटनगर शाखा र सूर्यविनायक शाखालाई प्रतिशाखा नगद रू. ५० हजार र प्रमाणपत्रले सम्मान गरिएको बैंकले जानकारी दिएको छ ।  त्यसैगरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने ३४ ओटा शाखा कार्यालयका प्रबन्धकलाई जनही रू. १० हजारदेखि रू. ३० हजार र प्रमाणपत्र प्रदान गरिएको छ । साथै, कार्यक्रममा कर्मचारीलाई वरिष्ठ बैंकर्स अनिल केशरी शाहबाट ट्रान्सफरमेशनल लिडरशिप विषयमा प्रशिक्षणसमेत प्रदान गरिएको थियो । सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष पाठकले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रबन्धकलाई पुरस्कार प्रदान गर्दै बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधि र सोचको विकास भइरहेको सन्दर्भमा कर्मचारीले दक्षतापूर्ण कार्य गर्नुपर्ने बताए ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लामो समयदेखि उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने गरेकाले कार्यसम्पादनमा यसको उपलब्धि देखिएको बताए ।

उदयपुरका आधादर्जन प्रहरी पुरस्कृत

उदयपुरमा कार्य गरेवापत आधादर्जन प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। वर्षभरी राम्रो काम गरेको आधारमा कार्य सम्पादन मूल्यांकनमा परेका उनीहरुलाई प्रोत्साहन स्वरुप सोमबार आयोजित ‘६७औं प्रहरी दिवस’को अवसरमा पुरस्कार तथा सम्मान गरिएको हो।...

आठ वर्षदेखि फेला परेन सर्वोत्कृष्ट निजामती कर्मचारी

काठमाडौं, भदौ २३ । सरकारले आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेको छैन । सदाचार र सक्षमतालाई प्रमुख आधारमानी एक जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कृत गर्ने परम्परा भए पनि आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटिएको छैन । २०७१ सालमा तत्कालीन सचिव शान्तराज सुवेदी सर्वोत्कृष्ट निजामती कर्मचारी घोषणा भएका थिए । सरकारले बुधबार […]

यी हुन् १९ औँ निजामती सेवा दिवसमा पुरस्कृत ४० कर्मचारी

काठमाडौँ । सरकारले १९ औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । मङ्गलवार राति बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत नामावली सार्वजनिक गरिएको हो ।  सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी […]

उत्कृष्ट सात कर्मचारी पुरस्कृत

डोटी । कृषि विकास निर्देशनालय दिपायल राजपुरले सुदूरपश्चिम प्रदेशअन्तर्गत आफ्नो कार्यालय मातहतका कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने सात कर्मचारीलाई सम्मानसहित पुरस्कृत गरेको छ । मातहतका नौ वटै जिल्लामध्ये उत्कृष्ट कार्य गरेबापत उनीहरुलाई जनही रु ३० हजार नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको हो । पुरस्कृत हुनेमा सुक्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीका अधिकृत आठौँ तहका […]

प्रदेशस्तरमा कृषिको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सात जना कर्मचारी पुरस्कृत

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय दिपायलले उत्कृष्ट कार्य गर्ने सात जना कर्मचारीलाई प्रमाण-पत्र सहित नगद पुरस्कारबाट बिहीवार पुरस्कृत गरेको छ।प्रदेश स्तरमा उत्कृष्ट कार्य गर्ने अधिकृत डम्बर सिंह भाट, नरेन्द्र पनेरु, केशवराज पाण्डे र मिन प्रसाद जैशीलाई नगद रु ३० हजार र प्रमाण-पत्रसहित पुरस्कृत गरेको छ।यसैगरी सहायक स्तरमा उत्कृष्ट कार्य गर्ने कर्मचारी जनक बहादुर सिंह, सवारी चालक राजकुमार चौधरी र कार्यालय सहयोगी दिवा

बागमती प्रदेशमा कार्यरत ३४ कर्मचारी पुरस्कृत

हेटौँडा । बागमती प्रदेशमा कार्यरत ३४ कर्मचारी पुरस्कृत गरिएका छन् । गणतन्त्र दिवसका अवसरमा बागमती प्रदेश सरकारले उत्कृष्ट काम गर्ने कार्यालय सहयोगीदेखि अधिकृत(दसौँ) सम्मका कर्मचारीलाई सम्मान गरेको प्रदेश प्रमुख सचिव मुकुन्द निरौलाले जनाएका छन् ।

हेटौंडामा सम्पादक भण्डारीसहित ६ जना पुरस्कृत

हेटौंडाबाट सञ्चालित तु खबर डटकमको ५ औँ वार्षिक उत्सवको अवसरमा ५ जना पत्रकार र एकजना छापाखानामा कार्यरत कर्मचारी पुरस्कृत भएका छन् । स्टेट भिजन प्रालिको आयोजनामा शनिवार हेटौंडामा आयोजित वार्षिक उत्सव एवम् पत्रकारिता पुरस्कार वितरण समारोहमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नगद र प्रमाणपत्रसहित पत्रकारहरुलाई पुरस्कृत गरेका हुन् ।कार्यक्रममा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी, राजधानी डेल्ली डटकमका सम्पादक धु्रव लम्साल, नेपाल समाचार पत्रका मकवानपुर संवाददाता रोशन पराजुली,