पर्वत : महिलाहरूलाई काम दिने प्रलोभनमा पारेर जबरजस्ती यौन धन्दामा लगाउने गरेको आरोपमा कास्कीको पोखराबाट एक महिला पक्राउ गरेकी छन्। पक्राउ पर्नेमा इलामको माई नगरपालिका–८ चिसापानी घर भई पोखरा महानगरपालिका–६ शान्ति नगरमा बस्दै आएकी २८ वर्षीया अस्मिता राई रहेकी छिन्।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार राईलाई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको हो। शान्ति नगरमा ए वान रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी उनले रेस्टुरेन्टमा