नुवाकोट – नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै गोरखाबाट सुरु भएको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ नुवाकोटको चतुरालेमा पुगेको छ । सोमबार नुवाकोट आइपुगेको र्याली यहाँबाट आज काठमाडौँतर्फ प्रस्थानको क्रममा आज ककनी गाँउपालिका–७ चतुरालेमा पुगेको हो । ‘एकीकरण पदमार्ग–पदयात्रा’ दीप ज्योतिसहित संलग्न र्यालीलाई आज नुवाकोट दरबार क्षेत्र परिसरमा आयोजित विशेष समारोहमा […]