काठमाण्डाै – नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको एकीकरण टर्च र्याली काठमाण्डाै आइपुगेको छ ।
गएको बिहीवार गोरखाबाट हिँडेको एकीकरण मार्ग पदयात्रा आज बिहान काठमाण्डाै आइपुगेको हो । गोरखाबाट हिँडेको टोली धादिङको भर्याङभुरुङ, नुवाकोट र ककनी हुँदै काठमाण्डाै आइपुगेको हो । काठमाण्डाै आउने क्रममा तारकेश्वर वडा नम्बर ३ ले पाँचमानेमा टोलीलाई बाजागाजासहित फूलमालाले स्वागत गरेको वडाध्यक्ष पर्शुराम अर्यालले जानकारी दिनु...