काठमाण्डाै - नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ नुवाकोटको विदुर नगरपालिका–१० शुभघाट पुगेको छ । गएको बिहीवार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ काठमाण्डौसम्म पैदल जाने क्रममा धादिङको भर्याङ भुरुङ हुँदै नुवाकोट पुगेको हो ।
‘एकीकरण टर्च’ र्याली आज शुभघाटबाट केउरिनी चौतारो हुँदै नुवाकोटको साततले दरबार पुग्नेछ । पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएर देशक...