युरोकप फुटबलमा इङल्यान्डको सुखद सुरुवात

एजेन्सी। रहिम स्टर्लिङले गरेको निर्णायक गोलमा क्रोएसीयालाई१–० ले पराजित गर्दै युरोकप फुटबलमा इङल्यान्डले सुखद सुरुवात गरेको छ। लण्डनको वेम्बली रंगशालामा सम्पन्न खेलमा इङल्यान्डका लागि रहिम स्टर्लिङले खेलको ५७औं मिनेटमा निर्णायक गोल गरे। रहिमले केभिन फिलिप्सले गरेको असिस्टमा गोल गरेका हुन्। जीतसँगै३ अंक जोडेको इङल्यान्ड समूह ‘डी’को शीर्ष स्थानमा पुगेको छ।समूह ‘डी’मा इङल्यान्ड र क्रोएसीयासँगै स्कटल्यान्ड र चेक गणतन्त्र छन्।

सम्बन्धित सामग्री

रोनाल्डो बने युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं, असार २। पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।मंगलबार राति सम्पन्न खेलमा समूह चरणको पहिलो खेलमा साविक विजेता पार्चुगलले हंगेरीलाई ३–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो । पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने राफायल गुइरेरोको नाममा एक गोल रह्यो । घरेलु टिम हंगेरीले […]

युरोकपमा स्लोभाकियाको सुखद सुरुवात

एजेन्सी। १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ ले पराजित गर्दै स्लोभाकियाले युरोकप फुटबलमा सुखद सुरुवात गरेको छ।रुसको सेन्ट पिटर्सबर्ग रंगशालामा पोल्याण्डका गोलकिपर वजचिएक सेजेस्नीको आत्मघाती गोलबाट स्लोभाकियाले १८औं मिनेटमा अग्रता बनाएको थियो।स्लोभाकियाको जितमा दोस्रो गोल मिलान स्क्रिनरले गरे। पोल्याण्डका कारोल लिन्टीले एक गोल गरे।खेलको ६२औं मिनेटमा मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियक दोहोरो पहेलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पोल्याण्ड १० खेलाडीमा सीमित भएको थियो।

युरोकप : स्लोभाकियाको विजयी शुरूवात

स्लोभाकियाले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी शुरूवात गरेको छ । सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै स्लोभाकियाले सुखद शुरूवात गरेको हो  । यस जितसँगै समूह 'इ’ को स्लोभाकियाले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । पोल्याण्ड समूहको शीर्ष स्थानमा रहेको छ । हारबाट प्रतियोगिताको सुरुवात गरेको पोल्याण्ड पुछारमा रहेको छ ।

तेस्रो पटक युरोकप खेलिरहेको अष्ट्रियाको पहिलो जित

३१ जेठ, काठमाडौं । अष्ट्रियाले युरोकप फुटबलमा पहिलो जित हात पारेको छ । तेस्रो पटक युरोकप खेलिरहेको अष्ट्रियाले  १६औं संस्करण अन्तर्गत सोमबार भएको खेलमा नर्थ मेसेडोनियालाई ३-१ ले पराजित गरेको हो । समूह सीमा अष्ट्रियाले जितसहित ३ अंक जोड्दा यसै संस्करणबाट युरोकपमा डेब्यु  गरेको नर्थ मेसेडोनियाको सुरुवात सुखद् हुन सकेन । अष्ट्रियाले यसअघि सन् २००८ […]

युरोकप फुटबल : अस्ट्रिया र नेदरल्यान्ड्स विजयी सुरुवात

काठमाण्डाै - युरोकप फुटबल अन्तर्गत गएराति भएकाे खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई ३– १ गोलले हराएको छ । अस्ट्रियाका लागि स्टेफन, लाइनर र मार्कोले गोल गरे । नर्थ म्यासेडोनियाको लागि गोरन पाण्डेवले एक गोल फर्काए ।  गएराति नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ गोलले हरायो । नेदरल्यान्ड्सका जर्जिनियो विनाल्डम, वाउट वेगहोस्ट र डेन्जल डम्फ्राइजले एक/एक गोल गरे । युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक/एक गोल फर्काए । नेदरल्यान्ड्सले ५२, ५८ र ८५ औं मिनेटमा गोल गर्यो । ...

स्टर्लिङको गोलमा इंग्ल्याण्डको विजयी सुरुवात

३० जेठ, काठमाडौं । इंग्ल्याण्डले युरोकप २०२० मा विजयी सुरुवात गरेको छ । १६ औं संस्करण अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले आइतबार घरेलु मैदानमा क्रोएसियालाई १-० ले हरायो । लण्डनस्थित बेम्बली स्टेडियममा भएको खेलमा इंग्ल्याण्डका लागि रहिम स्टर्लिङले ५७ औं मिनेटमा गोल गरे । उनले क्याल्भिन फिलिप्सको पासमा गरेको गोल नै इंग्ल्याण्डको जितमा निर्णायक बन्यो […]

युरोकप फुटबलमा बेल्जियमको विजयी सुरुवात

काठमाण्डाै - युरोकप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ ।  गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० गोल अन्तरले पराजित गर्यो । पहिलो हाफमा २–० को अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्यो ।  बेल्जियमका लागि रोमेलु लुकाकुले दुई गोल गरे भने थोमस मुनिएरले एक गोल गरे ।   खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३४ औं मिनेटमा मुनिएरले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसैगरी खेलको ८८ औं मिनेटमा लुकाकुले...

युरोकपमा इटलीको शानदार सुरुवात, अहिलेसम्मकै ठूलो जित

२९ जेठ, काठमाडौं । इटलीले युरोकप २०२० मा शानदार सुरुवात गर्दा अहिलेसम्मकै ठूलो जित हात पारेको छ । घरेलु मैदान रोमस्थित ओलम्पिया स्टेडियममा भएको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३-० ले पराजित गरेको हो । एक पटकको च्याम्पियन इटलीले युरोकपमा एकै खेलमा दुई भन्दा बढी गोल गरेको यो पहिलो हो । पहिलो हाफ गोलरहित बराबरी भए […]

आज रातिबाट युरोकप : उद्घाटन खेलमा इटाली र टर्की भिड्दै

काठमाडाैं : युरोकप फुटबल प्रतियोगिताको १६ औँ संस्करण आजबाट सुरु हुँदै छ।उद्घाटन खेलमा इटाली र टर्की प्रतिस्पर्धा गर्दैछन्। इटालीको रोमस्थित ओलम्पिक स्टेडियममा आज राति पौने १ बजे यी दुई टोलीबीच भिडन्त हुनेछ। दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन्।दुबै देशका मुख्य प्रशिक्षकले पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने बताइएका छन्। इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिसीले उद्घाटन खेल कठिन हुने बताउका छन्।उनले आफूहरुले जितको लागि खेल्ने बताएका छन्। 'टर्की राम्रो टिम हो, उनले

युरोकप आजबाट, इटाली र टर्की भिड्दै

युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट (शुक्रबार) शुरू हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा शुरू हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरू हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।