युरोकप फुटबल : अस्ट्रिया र नेदरल्यान्ड्स विजयी सुरुवात

काठमाण्डाै - युरोकप फुटबल अन्तर्गत गएराति भएकाे खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई ३– १ गोलले हराएको छ । अस्ट्रियाका लागि स्टेफन, लाइनर र मार्कोले गोल गरे । नर्थ म्यासेडोनियाको लागि गोरन पाण्डेवले एक गोल फर्काए ।  गएराति नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ गोलले हरायो । नेदरल्यान्ड्सका जर्जिनियो विनाल्डम, वाउट वेगहोस्ट र डेन्जल डम्फ्राइजले एक/एक गोल गरे । युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक/एक गोल फर्काए । नेदरल्यान्ड्सले ५२, ५८ र ८५ औं मिनेटमा गोल गर्यो । ...

सम्बन्धित सामग्री

इटलीले तोड्ला आफ्नै कीर्तिमान ?

युरोकप फुटबल अन्तर्गत अन्तिम १६ मा इटली र अस्ट्रिया प्रतिस्पर्धा हुँदैछ । इङ्ल्यान्डको बिम्बलीमा यो खेल मध्यराति १२ः४५ बजे हुनेछ ।प्रतियोगिताको समूह चरणमा सबैभन्दा उत्कृष्ट प्रदर्शन इटलीको रह्यो । उसले कुनै खेलमा पनि गोल खाएन र सबै तीनवटै खेल जित्यो ।इटलीले पछिल्ला ११ खेलमा गोल खाएको छैन । रोबर्टो म्यान्सिनीको प्रशिक्षणमा रहेको यो टोली २०१८ को सेप्टेम्बरदेखि ३० खेलमा अपराजित छ । भिट्टोरियो पोज्जोको प्रशिक्षणमा सन् १९३५ देखि १९३९ सम्म पनि इटली ३० खेलमा अपराजित थियो र यस अवधिमा उसले विश्वकप र ओलम्

अस्ट्रिया र युक्रेन हेड टु हेडः को बलियो ?

एजेन्सी।युरोकप फुटबल अन्तर्गत आज राति ९ः४५ बजे युक्रेन र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ।हालसम्म यी दुई टोली कुनै पनि ठूला प्रतियोगितामा एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका छैनन्। दुई टोलीले मात्रै दुईबटा मैत्रीपूर्ण खेल खेलेका छन्। जसमा दुबै टिमले समान एक/एक जित दर्ता गराएका छन्।समूह ‘सी’ नेदरल्यान्डसले नकआउटमा स्थान बनाईसकेको छ भने आज हुने खेलबाट यी दुईमध्ये एकले उपविजेता बन्दै सोझै नकआउटमा स्थान बनाउनेछ।