लक डाउनका कारण मजदुरी गर्न नपाउँदा सर्लाहीका मजदुर तथा अति विपन्न परिवार समस्यामा पर्न थालेका छन् ।
घरमा खाने अन्न नभएको र काम पनि गर्न नपाएकाले भोकभोकै बस्नु पर्ने अवस्था आएको उहाँहरुको गुनासो छ ।
ऋषिदेव, पासवान, मण्डल, विश्वकर्मा, उराव, राम, खातुनलगायतका समुदायको बसोबास रहेको नगरप्रमुख आवास योजना अन्तर्गत निर्माण भएका घरहरु पाएपछि विपन्न परिवार दङ्ग परेका छन्।...
२ असोज, दाङ । विपन्न परिवारलाई नमूना बस्ती निर्माण गर्न भन्दै आर्थिक वर्ष ०७५ सालमा दाङको बंगलाचुली गाउँपालिकाका पाँच स्थानमा ३० वटा भूकम्प प्रतिरोधी प्रिफ्याव घरहरू निर्माण गरिए । संघीय सरकारको दुई करोड र बंगलाचुली गाउँपालिकाको एक करोड गरी तीन करोड रुपैयाँको लागतमा घरहरु तयार भए । तर विपन्न परिवारको आवासका लागि भनेर निर्माण गरिएको […]
जनता आवासले पक्की घर मात्रै बनाइदियो, आफ्नो जग्गा नभएका विपन्न परिवार खुला स्थानमा शौच गर्न बाध्य
जनता आवास योजनाअन्तर्गत विपन्नले पक्की घर पाए । तर, शौचालय बनाइदिने प्याकेज भने सरकारी योजनामा थिएन ।...
रोजगारी गुमाई रोजगारीको अर्को अवसर प्राप्त गर्न नसकेको परिवारलाई विपन्न परिवार भत्ता वितरण गर्ने गरी सरकारले बनाएको कार्यविधि राजपत्रमा सार्वजनिक गरेको छ । विगतमा गर्दै आएको रोजगारी पूर्णरुपमा गुमाएको र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित क्षेत्रको मजदुर वा कामदारलाई १० हजार रुपैयाँ वितरण गर्ने गरी सरकारले कार्यविधि सार्वजनिक गरेको हो ।सरकारले […]
सरकारले पाँच लाख परिवारलाई १० हजारका दरले विपन्न परिवार भत्ता वितरण गर्ने तयारी थालेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विपन्न परिवार भत्ताको कार्यविधि पारित गरेसँगै अर्थले भत्ता वितरणको तयारी थालेको हो । अर्थ मन्त्रालयका प्रवक्ता रितेककुमार शाक्यका अनुसार सरकारले सकेसम्म तिहार अगाडि नै र सम्भव नभए त्यसलगत्तै पैसा बाँड्ने तयारी गरेको छ ।सरकारले प्रतिस्थापन […]
सरकारले दिने भनेको विपन्न परिवार भत्ता सामाजिक सुरक्षा भत्ता पाइरहेका परिवारले नपाउने भएका छन् । प्रतिस्थापन बजेटमार्पmत ल्याइएको विपन्न परिवार भत्ता असोज महिनाभित्रमै पाँच लाख घरपरिवारलाई १० हजारका दरले वितरण गर्ने सरकारको योजना छ ।सरकारबाट कुनै पनि सुविधा लिएको परिवारले सो भत्ता नपाउने गरी अर्थ मन्त्रालयले मापदण्ड तयार गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ । सरकारसँग […]
उदयपुर : पछिल्लो समय ह्वात्तै बढेको चिसोले उदयपुरका विपन्न परिवार प्रभावित भएका छन्। पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र अचानक बढेको चिसोले उदयपुरका विपन्न परिवार पनि प्रभावित भएका हुन्।
जाडोबाट बच्न यस क्षेत्रका मुसहर, दलितलगायत विपन्न परिवारका केटाकेटी र युवाहरु पतकर, दाउरा खोज्न वन पस्न थालेका छन्। वृद्...