पाँच लाखलाई १० हजार वितरण गर्ने तयारीमा अर्थ मन्त्रालय

सरकारले पाँच लाख परिवारलाई १० हजारका दरले विपन्न परिवार भत्ता वितरण गर्ने तयारी थालेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विपन्न परिवार भत्ताको कार्यविधि पारित गरेसँगै अर्थले भत्ता वितरणको तयारी थालेको हो । अर्थ मन्त्रालयका प्रवक्ता रितेककुमार शाक्यका अनुसार सरकारले सकेसम्म तिहार अगाडि नै र सम्भव नभए त्यसलगत्तै पैसा बाँड्ने तयारी गरेको छ ।सरकारले प्रतिस्थापन […]