काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का नेता तथा दाङ- १ का उम्मेदवार मेटमणी चौधरीले नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको हारलाई पश्चागामीका मुख्य मतियारको हार भएको टिप्पणी गरेका छन्। दाङ क्षेत्र नम्बर २ मा महासचिव पोखरेल नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएपछि चौधरीले सामाजिक सञ्जाल फेसबुकमा शंकरको हार स्वभाविक रहेको उल्लेख गरेका हुन्।शर्मालाई शुभकामना दिँदै चौधरीले नेपालको राजनीति प्रगतिशीलहरूले जित्ने संस्कृति रहेको जिकिर गरे।‘दाङको