धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप

कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहानसम्म थप गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना जारी गर्दै निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने जनाएका छन् ।बिहीबार बिहान धनगढीमो ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको मृत्यु भएको थियो । त्यसपछि विद्यार्थी आन्दोलित बनेका थिए । विद्यार्थीको आन्दोलन उग्र बन्दा प्रशासनले बिहीबार बेलुकीदेखि धनगढीमा निषेधाज्ञा जारी गरेको छ । 

सम्बन्धित सामग्री

पुरानो नियमलाई यथावत राख्दै काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप

पुरानै नियमलाई यथावत राख्दै भदौ १६ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिएको छ। मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले पुरानै नियमलाई कायम राख्दै निषेधाज्ञाको समय थप गर्ने...

काठमाडाैं उपत्यकामा निषेधाज्ञा थप कडा, ८ बजेपछि गाडी चलाउन रोक

काठमाडाैं : काठमाडाैं उपत्यकामा निषेधाज्ञा पुनः थप गरिएको छ। साउन २८ गतेदेखि भदाै ८ गतेसम्म लागु हुनेगरी निषेधाज्ञा थप गरिएको छ। अत्यावश्यकबाहेक निजी अनि सार्वजनिक सवारीसाधनमाथि कडा नियम लगाइएको छ। राति ८ बजेभित्र सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्नेछ। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म गरिसक्नुपर्ने उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसअघि जारी निषेधाज्ञा साउन अन्तिममा सकिँदै छ।

तनहुँमा सबै क्षेत्र खुकुलो बनाउँदै निषेधाज्ञा थप

सबै क्षेत्र खुकुलो बनाउँदै तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नवौं पटक निषेधाज्ञा थप गर्दै साउन २० गतेसम्म लम्ब्याएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा साउन १० गतेसम्म कायम छ । छिमेकी जिल्लामा डेल्टा भेरियन्टको सङ्क्रमण देखिएको र तनहुँमा पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । निषेधाज्ञा थपिए पनि सबै क्षेत्र खुकुलो बनाइएको छ । यसअघि बिहान ०९ बजेदेखि

कैलालीमा साउन ११ गतेसम्मका लागि निषेधाज्ञा थप

१ साउन, धनगढी । कैलालीमा केही खुकुलो बनाउँदै निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले झण्डै तीन महिनादेखि बन्द रहेका सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सभासम्मेलन, खेलकुद लगायत मानिसको बढि भीडभाड हुने क्षेत्र बाहेकका व्यापार व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिहान ५ देखि राति ८ […]

बर्दियामा साउन १० गतेसम्म निषेधाज्ञा थप

बर्दिया । बर्दियामा असार ३१ गतेसम्म जारी निषेधाज्ञा साउन १० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले साउन १० गतेसम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । विद्यालय, पार्लर, […]

धनकुटामा असार ११ गतेसम्म निषेधाज्ञा थप

धनकुटा। धनकुटामा असार ११ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। कोरोना संक्रमण अझै विद्यमान रहेकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी वाशुदेव दाहालले बताए। धनकुटा बजार भने दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म खोल्न दिने निर्णय भएको बताइएको छ। धनकुटामा करिब १५ सय जनामा कोरोना संक्रमण पुष्टि भएकको छ।

बागलुङ र बर्दियामा चौथो पटक निषेधाज्ञा थप

जेठ २२, गलकोट/बाँके । बागलुङ र बाँकेमा चौथो पटक निषेधाज्ञा थप गरिएको छ ।  जिल्ला कोभिड संकट व्यवस्थापन समिति बागलुङको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । उनका अनुसार यसअघि बन्द बैंक तथा वित्तीय संस्था सञ्चालनलाई भने केही खुकुलो बनाइएको छ । अब बैंक तथा वित्तीय संस्था बुधवार र आइतवार बिहान ७ देखि १० बजेसम्म खुला रहने छ । बैठकले यही जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।  कोरोना संक्रमण र मृत्यु दर नघटेको जनाउँदै बर्दियामा पनि स्थानीय प्रशासनले चौथो पटक निषेधाज्ञा थपेको छ ।  जिल्ला प्रशासन कार्यालयले शुक्रवार सूचना जारी गर्दै  १० दिन जिल्लाभर निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ ।

झापामा थपियो निषेधाज्ञा, हप्तामा दुई दिन बिहान ९ बजेसम्म पसल खोल्न दिने

झापा । झापामा तेस्रो पटक निषेधाज्ञा थप भएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यही जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । गत वैशाख २२ गतेदेखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ । जिल्लामा संक्रमण नघटेपछि बैठकले तेस्रो पटक निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए। उनका […]

झापामा जेठ मसान्तसम्म निषेधाज्ञा थप

जिल्लामा पहिलोपटक बैशाख २२ गते मध्ये रातबाट जारी गरिएको निषेधाज्ञा पाँचौ पटक थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरि जेठ मसान्तसम्म निषेधाज्ञा थप गरिएको जनाएको हो । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड(१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले जिल्लामा संक्रमण  नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा थप गरिएको बताइएको छ ।यसअघि औषधि पसल बाहेक अन्य पसल बन्द गरिएको भएपनि अब भने हप्ताको दुई दिन आइतबार र बुधबार बिहान ६ देखि ९ बजेसम्म खाद्यान्न, तरकारी, फलफुल, मासु तथा दू

उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा थप, निजि निर्माणका सवारी साधन चलाउन रोक

काठमाडौं, २८ बैशाख । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिनको लागि थप भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले थप कडाईको साथ जेठ १३ सम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । बैठकले पहिला बिहान ७ देखि ९ बजेसम्म मात्र पसल खुलाउनृ पाउने व्यवस्था गरेकोमा […]