कृषि ज्ञान केन्द्र बाजुराको कार्यालय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुला हुने भएको छ । कर्मचारी अभावका कारण सेवाग्राहीलाई नियमित सेवा दिन दैनिक ११ घण्टा कार्यालय खुला राखिने जनाइएको छ । ‘सरकारी काम कैले जाला घाम’ भन्ने मान्यतालाई तोड्दै कृषि ज्ञान केन्द्र ११ घण्टा समय खुला राखिएको सो कार्यालयका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैसीले बताउनुभयो ।
१ माघ, काठमाडौं । सरकारले जिल्ला प्रशासन कार्यालयहरुमा कर्मचारीको दरबन्दी थपघट गर्ने तयारी गरेको छ । कतिपय जिल्ला प्रशासन कार्यालयहरुमा पर्याप्त जनशक्ति नहुँदा नियमित सेवा प्रवाहमा समस्या परेको भन्दै गृह मन्त्रालयले स्थानीय तहसमेतको सहयोगमा जनशक्ति थप्ने तयारी गरेको छ भने कार्यबोझ कम भएका कार्यालयमा दरबन्दी कटौती समेत गर्ने तयारी छ । १० पुसमै प्रधानमन्त्री पुष्पकमल […]
काठमाडौं, जेठ ३१ । सरकारले निजामती कर्मचारीको सरुवा व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । कर्मचारीको एकै वर्षमा चाररपाँच पटकसम्म विभिन्न कार्यालयमा सरुवा हुन थालेपछि कर्मचारी सरुवा प्रणालीलाई व्यवस्थित गर्न लागिएको हो । छोटो समयमा कर्मचारीको सरुवा हुँदा नियमित सेवा प्रवाह र योजना कार्यान्वयनमा समस्या देखिन थालेपछि निजामती कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न लागिएको सङ्घीय मामिला […]
खोटाङ – दैनिकजसो बढिरहेको कोरोना भाइरस संक्रमणका कारण खोटाङमा सरकारी कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयका कर्मचारीसमेत संक्रमित हुन थालेपछि नियमित सेवा प्रभावित भएको हो ।कर्मचारी संक्रमित भएपछि जिल्लामा स्थानीय तहका साथै विभिन्न सरकारी कार्यालयले धमाधम अत्यावश्क बाहेकका सेवा बन्द गर्न थालेका छन् ।जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाले […]
खोटाङ : खोटाङका दुई स्थानीय तहमा अत्यावश्यक बाहेकका नियमित सेवा बन्द गरिएको छ।कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हलेसी तुवाचुङ नगरपालिका र रावाबेसी गाउँपालिकामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको सम्बन्धित पालिकाले जनाएका छन्।दुवै पालिकाका केही कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भाइरस फैलिन नदिन सोमबारदेखि माघ १५ गतेसम्मका लागि हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय बन्द गरिएको नगरपालिकाले सूचना प्रकाशन गरेर जानकारी दिएको छ।यस्तै रावाबेसी गाउँपालिकाले १७ गतेसम्मका लागि मंगल
धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत १५ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका २३ जना कर्मचारीले नमूना परीक्षण गराउँदा १५ जनामा संक्रमण देखिएको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका नियमित सेवा बन्द गरिएको छ । प्रशासनले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवाबन्द गरिएको जानकारी […]
काठमाडौं, २८ पुस । कोरोना भाइरसको संक्रमणको दर पछिल्ला केही दिनमा निकै बढिरहेको छ । यसै क्रममा आज नेपाल मेडिकल काउन्सिलका कर्मचारीमा पनि कोरोना संक्रमण पृष्टि भएको छ । कर्मचारीलाई संक्रमण पुष्टि भएपछि काउन्सिलले दिँदै आएको नियमित सेवामा प्रभाव पर्ने जनाइएको छ । आज एक सुचना जारी गर्दै काउन्सिलले आगामी १० दिनको लागि नियमित सेवामा […]
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नियमित सेवामा प्रभाव पर्ने देखिएको छ । मेडिकल काउन्सिलका अनुसार अधिकांश कर्मचारी तथा केही पदाधिकारीहरुमा कोरोना पोजेटिभ देखिएको छ । आज (बुधबार) एक सूचना जारी गर्दे काउन्सिलले आगामी १० दिनसम्मका लागि नेपाल मेडिकल काउन्सिलले प्रदान गर्ने नियमित सेवामा केही ढिलाइ हुने जनाएको छ ।
काठमाडौं : दशैँका वेला पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमित तथा जनावरले टोकेका विरामीलाई दशैँको समयमा पनि उपचार गर्ने व्यवस्था मिलाएको छ।अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले आकस्मिक सेवा, ओपिडी तथा अन्य उपचार सेवा दशैँमा पनि उपलब्ध हुने बताए। उनले भने‚ 'भोलि (नवमीका दिन पनि हाम्रोमा ओपिडी खुलै हुन्छ, अन्य नियमित सेवा पनि हामीले इमर्जेन्सीबाटै दिँदै आएका छौँ।' कर्मचारी बिदामा भएको र चाप पनि धेरै नहुने भएका कारण प