फाेहर बाेकेर बञ्चरे डाँडा गएका १५ वटा टिपरसहित १८ गाडीमा तोडफोड

काठमाण्डाै – बञ्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहर बोकेर गएका गाडीमा तोडफोड भएको छ । धादिङ र नुवाकोटको सीमाना नजिकै रोकेर राखेकोे १८ वटा गाडीमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार फोहर भरेर गएका १५ वटा टिपर, २ वटा लोडर र एउटा स्काभेटरमा तोडफोड भएको छ । गाडीको सिसा फुटाइएको छ । नुवाकोट र धादिङको सीमाना नजिकै पार्किङमा राखिएका ती गाडीमा गएराति तोडफोड भएको हो । गाडी कसले तोडफोड गर्‍यो भन्ने बारे खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । काठमाण्डौ महा...

सम्बन्धित सामग्री

फोहोर नियमितरुपमा बञ्चरे डाँडा जाँदैछः मेयर शाह

मेयर शाहले सबैको सहभागिता र योगदानबाट मात्रै काठमाडौँ महानगरलाई सफा, सुन्दर र स्वस्थ महानगरको परिकल्पना साकार गर्न सक्ने बताए। उनले जनताको विश्वास छ र साथको अपेक्षा राखेका छन्।...

सिसडोलवासीले भदौबाट फोहोरका गाडी जान नदिने चेतावनी दिएः मन्त्री चौधरी

‘बञ्चरे डाँडामा फोहोर फाल्ने कुराको हामी मन्त्रालयमा छलफल गरिरहेका छौँ। बञ्चरे डाँडा, सिसडोल भन्दा अरु मान्छेले पनि त्यहाँका जनतालाई नाक खुम्च्याउने गर्छन् त्यसलाई हामी रोक्छौँ। उनीहरुलाई शिर ठाडो बनाएर हिँड्ने वातावरण बनाउँछौँ। विद्यार्थीहरुमा पनि यसको अ...

बञ्चरे डाँडा जाने सडक बिग्रिएपछि काठमाण्डाैकाे फाेहर उठाउन समस्या

काठमाण्डाै – काठमाण्डौको फोहर व्यवस्थापनमा फेरि समस्या देखिएको छ । उपत्यकाको फोहर फाल्ने गरिएको बञ्चरे डाँडामा जाने सडक पानी परेका कारण बिग्रिएपछि फोहर व्यवस्थापनमा फेरि समस्या भएको हो । उपत्यकाबाट दैनिक दुईदेखि तीन सय ट्रक फोहर व्यवस्थापन गरिँदै आएकोमा अहिले सडकमा समस्या भएकाले दैनिक एक सय टनको हाराहारीमा मात्रै फोहर उठ्ने गरेको काठमाण्डौ महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो । आधाभन्दा कम फोहर उठेकाले फेरि उपत्यकाको चोकचोकमा फोहर थुप्रिन थालेका छन् ।   ...

फोहोर व्यवस्थापन केन्द्र आसपासका नागरिकको सुरक्षामा सरकार गम्भीर छैन् : तामाङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले बञ्चरे डाँडा ल्याण्डफिल्डमा फोहोर विर्सजन गर्न अहिलेसम्म १० अर्ब रुपैयाँ लागेको भन्ने कुराको विश्वास गर्न नसक्ने बताउनुभएको छ । उहाँले पैसा खर्च भएअनुसार काम नभएको बताउँदै विकसित मुलुकमा भएको प्रविधि ल्याएर वैज्ञानिक ढंगबाट फोहोर व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो । उहाँले गन्धरहीत बनाउने कुरा हरेकपल्ट भनिरहनु पने […]

फोहोर व्यवस्थापन गर्ने कुरामा बञ्चरे डाँडाको विकल्प खोजाैं: प्रवक्ता महत

शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा प्रवक्ता महतले सधैँ राज्यले बञ्चरे डाँडामा फोहोर विसर्जन गर्छु भन्ने मानसिकताबाट मुक्त भइ त्यसको विकल्प खोज्नुपर्ने बताएका हुन्।...

'फोहोरले काठमाडौं बस्न नसक्ने अवस्था भयाे, दीर्घकालीन समाधान खाेजाैं'

नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्। शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा नेता श्रेष्ठले यस्तो बताएका हुन्।...

ल्याण्डफिल्ड साइडको समस्या समाधान गर्न ‘र्‍यापिड एक्शन टास्क फोर्स’ गठन गरिने

काठमाडौँ– सरकारले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गर्न र्‍यापिड एक्शन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गर्न र्‍यापिड एक्शन टास्क फोर्स गठन गर्ने निर्णय गरेको हो। शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर […]