सरकारले आगामी आवको बजेटमार्फत् नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क वा दस्तुर नलाग्ने व्यवस्था मिलाएको छ।...
काठमाडौं । राष्ट्रिय गौरवको कर्णाली करिडोर सडकमा झण्डै पाँच किमी सडकको ट्र्याक खोल्न बाँकी रहेको छ ।
कुल दुई सय ६८ किमी लम्बाइको सो सडकमा ट्र्याक खोल्न बाँकीमध्ये झण्डै साढे दुई किमीमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ । एक दशकपहिले सडक निर्माण शुरु भएकामा कठिन भूगोलका कारण अझैसम्म ट्र्याक नै खोल्न बाँकी रहेको उत्तर–दक्षिण करिडोर निर्देशनालयले जनाएको छ ।
कडा चट्टान भएका खण्डमा ‘ब्लाष्टिङ’ पनि लामो र झन्झटिलो प्रक्रिया रहेको योजनाले जनाएको छ । ब्लाष्टिङका लागि आवश्यक सामग्री सेनाबाट लिनुपर्ने हुँदा समय लाग्ने गरेको हिल्सा सिमिकोट सडक योजनाका प्रमुख वीरेन्द्रबहादुर चन्दले बताए ।
उनले भने, ‘रकम भुक्तानी गरेर ‘अर्डर’ गरेपछि पनि नेपालगञ्ज हुँदै निर्माणस्थलमा आइपुग्न लामोे प्रक्रिया हुने गरेको छ ।’ सिमिकोटभन्दा माथि मौसमका कारण चार महीना मात्रै काम गर्न सकिने उनले बताए । वर्षभरमा सात÷आठ महीनासम्म हिउँले ढाकिने हुने हुँदा त्योभन्दा बाहेकको समयमा मात्र निर्माण हुने गरेको उनले बताए ।
कतिपय खण्डमा भने निर्माण व्यवसायीका कारणले ढिलाइ भएको पनि छ । ढिलाइका कारण निर्माण सामग्री उपलब्ध हुन कठिन हुनु र भौगोलिक कठिनाइ नै प्रमुख छन् । माथिल्लो भागमा सामान पहिले चीन भएर आउने गरेकामा कोभिडका कारण नाका बन्द थियो । त्यसले गर्दा पनि विगत वर्षहरूमा निर्माणले गति लिन नसकेको उनले बताए ।
निर्माणाधीन खण्डमध्ये दुईदेखि साढे दुई किमी सडक यस वर्ष सेनाबाट हस्तान्तरण हुने प्रमुख चन्दले बताए । सेनाले जिम्मेवारी लिएको खण्डबाहेक अरुतिर ट्र्याक खोल्न ठेक्का भइसकेको छ । माथिल्लो क्षेत्रमा ट्र्याक पनि खुलिसकेको र हुम्लाभन्दा तल्लो क्षेत्रमा मात्रै दुई ठेक्का बाँकी रहेको प्रमुख चन्दले बताए ।
त्यसमा नै अलिअलि कम ब्लाष्टिङ गर्नुपर्ने हुँदा काम अघि बढेको छैन । त्यो खण्ड पनि सेनालाई दिने कुरा भइरहेको उनले बताए । उनले भने, ‘सरिसल्ला सिमिकोट खण्डमा ठाउँठाउँमा गरेर दुईदेखि साढे दुई किमी बाँकी छ ।’ स्तरोन्नतिका लागि माथिल्लो भागमा ठेक्का चालु रहेको उनले जानकारी दिए ।
सरिसल्लाबाट सिमिकोट खण्डमा ट्र्याक नै खोल्न बाँकी छ । खुलालुदेखि सरिसल्लासम्म स्तरोन्नतिको काम भइरहेको योजनाले जनाएको छ । यस वर्ष पनि स्तरोन्नतिका लागि ठेक्का हुने उनले बताए । यस वर्ष ग्राभेल गरिने योजनाको तयारी छ ।
अहिलेसम्म खुलालु–सरिसल्ला एक सय २२ किमी सडकमध्ये ३५ किमी सडक चौडा गर्ने काम भइसकेको छ । हिल्सा–सिमिकोट ९५ किमी र सिमिकोट–सरिसल्ला सडक ५० किमीमध्ये ३८ किमी ट्र्याक खोलिसकिएको योजनाले जनाएको छ । सरिसल्ला सडक खण्डको लाली बगरदेखि छारे सडक खण्डको ११ किमी सेनालाई जिम्मेवारी दिइएको थियो ।
सिमिकोटबाट स्याम्ने साढे चार किमी खण्डमा स्थानीयले मुआब्जा माग गरेर केही विवाद सिर्जना भएको प्रमुख चन्दले बताए । उनले भने, ‘अहिले त्यो समााधन भएर काम भइरहेको छ ।’
योजनामा हालसम्मको भौतिक प्रगति २४ प्रतिशत र वित्तीय प्रगति २० दशमलव ४१ प्रतिशत छ । हालसम्म रु एक अर्ब ३६ करोड खर्च भइसकेको छ भने हालसम्मको ठेक्का रकम रु दुई अर्ब ३० करोड ९२ लाख छ ।
सडकको २० ठेक्कामध्ये गत आवमा तीनओटा सम्पन्न भएको थियो भने बाँकी एउटा ठेक्कामा सुस्त गतिमा काम भइरहेको छ । सरकारले विसं २०६९÷७० मा योजना शुरु गरेको थियो भने आव २०८३÷८४ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । योजनाको कुल लागत रु छ अर्ब ६६ करोड १९ लाख छ ।
सरकारले कालीकोटको खुलालुदेखि सिमिकोट हुँदै हिल्सासम्म कालोपत्र सडक निर्माण गरी कालिकोट, बाजुरा र हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्य लिएको छ । रासस
सरकारले बजेटमार्फत गरेको ‘सय रुपैयाँ पुँजीमा कम्पनी खोल्न सकिने’ लोकप्रिय घोषणा कार्यान्वयनमा विलम्ब भएको छ । चालू आर्थिक वर्षको बजेटले नयाँ कम्पनी दर्ता र कम्पनीको पुँजी वृद्धि गर्न कुनै शुल्क नलाग्ने...
काठमाडौँ– सरकारले १ सय रुपैयाँ कम्पनी दर्ता गर्न पाइने नीति लिएको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ को बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले एक सय रुपैयाँमा कम्पनी खोल्न पाइने बताएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्न माध्यमिक विद्यालय र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिएका छन् । सोमबार शिक्षक सेवा आयोगका पदाधिकारीहरुको छलफलमा उनले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिएका हुन् ।“देशभरका विद्यालयमा शिक्षकहरुको अभाव छ । यसै साता निम्न माध्यमिक र त्यसको केही समयपछि प्राविको विज्ञापन […]
काठमाण्डाै – प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर एकले कर्णाली प्रदेशलाई एक सय ६० रनले हराएको छ ।
धनगढीको फाप्ला मैदानमा प्रदेश एकले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको कर्णालीले ११ ओभरमा अलआउट हुँदै मात्रै ६ रन बनायो । उसका लागि ८ जना खेलाडीले खाता नै खोल्न सकेनन् । प्रदेश एकको लागि अलिशा खडियाले पाँच, संगीता राईले २ र सवनम राईले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको प्रदेश एकले रुवीना क्षेत्रीको ७६ र अप्सरी बेगमको ६१ रन मद्दतमा एक सय ६५ रन बनाएको थियो । अहिले वाग्मती र ल...
मुम्बई । भारतका विभिन्न राज्यमा गत महिनाबाट फिल्म हलहरू खुलेका छन् । हलमा फिल्म प्रदर्शन जारी छ । तर महाराष्ट्र राज्यमा अझै फिल्म हल खोल्न दिइएको छैन । बलिउड फिल्म उद्योग भनेर चिनिने मुम्बईलगायत आसपासका सहरमा सरकारले अझै फिल्म हल खोल्ने अनुमति दिएको छैन । जसका कारण ठूलो घाटा भयो भन्दै हल सञ्चालक र निर्माताले […]
The post भारतमा ५ महिना हल बन्द हुँदा ४८ सय करोड नोक्सान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौं : बढीमा एक सय जनासम्म विद्यार्थी भएका देशभरका विद्यालय खोल्न दिनुपर्ने विषयमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकमा छलफल भएको छ। बिहीबार सिसिएमसीको संयोजक बालानन्द शर्माको अध्यक्षतामा बसेको बैठकले यस विषयमा छलफल भएकाे हो।नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले छलफल मात्रै भएकाले सहमति भने नभएको जानकारी दिए। उनले भने,‘आजको बैठकमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यून विद्यार्थी भएका विद्यालयका खोल्नुपर्नेबारे छलफल भएको छ,अबको एक दुई द