शून्य समयमा सांसदहरूले के भने ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य लक्ष्मीकुमारी चौधरीले गत वर्ष वर्षाका कारण बालीमा नोक्सानी भोगेका किसानलाई सहज रूपमा राहत दिन सरकारसँग माग गरेकी छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा सांसद चौधरीले अघिल्लो वर्ष वर्षाका कारण नोक्सानी भोगेका किसानलाई सरकारले राहत घोषणा गरे पनि सहजै पाउन नसकिएको बताइन्। उनले राहत पाउन झन्झटिलो प्रक्रिया रहेको भन्दै स्थानीय तहबाट सहजै […]

सम्बन्धित सामग्री

‘शून्य र विशेष समयमा उठेका विषयमा सरकार जवाफदेही भएन’

१३ फागुन, काठमाडौं । नेकपा एमालेकी सांसद विजुला रायमाझीले संसदमा शून्य र विशेष समयमा उठेका विषयहरूमा सरकार जवाफदेही नभएको बताएकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले जनताका प्रतिनिधिले शून्य समयमा जनताका विषय उठाउने हो । तर, सरकारले सुन्न नसक्ने र देख्न नसक्ने भान हुन थालेको बताइन् । शून्य र विशेष समयमा […]

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने?

काठमाडौं,१८ भदौ । प्रतिनिधि सभाको बैठक जारी छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजेबाट सुरु भएको हो । सोमबारको बैठकको शून्य समयमा पनि सांसदहरुले जनताका जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद भगवती चौधरीले सुनसरीको धरानमा महामारीको रुपमा फेलिरहेको डेङ्गी […]

कोशी प्रदेश : शून्य समयमा सांसदले उठाए विभिन्न समस्या

१ भदौ, विराटनगर । कोशी प्रदेशसभा बैठकको शून्य समयमा सांसदहरूले विभिन्न विषय उठाएका छन् । सांसद गोम्बु शेर्पाले प्रदेशमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरे । प्रदेशभाको शून्य समयमा बोल्दै उनले केन्द्रीय सरकारले भ्रष्टाचार र अनियमितताको विरुद्ध अभियान चलाएको भन्दै प्रदेशमा पनि यस्तै अभियान चलाउनु पर्ने उनको भनाइ छ । पहिचानवादीसँग वार्ता गर्न […]

प्रतिनिधिसभाको शून्य समयमा कुन सांसदले के भने ?

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नागरिकता विधेयक, सडकलगायत पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, मल तथा बीउबिजनमा देखिएको अभावदेखि सुकुम्बासी र भूमिहीनका विषय उठान गरिएका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले तराईका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थामा भएका उपकरण कामविहीन अवस्थामा रहेको र नारायणी क्षेत्रीय अस्पतालको एमआरआई मेसिन नचलेको विषय उठाए । गर्मी […]

प्रतिनिधिसभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडौँ – प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्यहरुले समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य विक्रम पाण्डेले समयमै किसानहरुका लागि मल आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले समयमा मल प्राप्त हुन नसक्दा देशको कुल गार्हस्थ उत्पादनमै असर परेको बताए। प्रतिनिधिसभा सदस्य बिजुला रायमाझीले देशका १८ […]

संसदको शून्य समयमा नबोल्ने एमाले सांसद मानन्धरको घोषणा

१७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रामवीर मानन्धरले प्रतिनिधिसभाको शून्य समयमा नबोल्ने घोषणा गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले विगतमा पटक-पटक शून्य समयमा बोलेको तर, बोलेका विषयहरुमाथि सरकारको तर्फबाट जवाफ र सम्बोधन नआएको उल्लेख गर्दै शून्य समयमा उठेका विषयहरुको व्यवस्थित जवाफ नआउँदासम्म शून्य समयमा नबोल्ने घोषणा गरेका हुन् । […]

शून्य समयमा कसले के भने ?

सांसदहरूले विपन्न वर्ग र क्षेत्रका लागि व्यवस्था गरेको कर्जा प्रवाहको कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्छ। मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सत्तारुढ नेकपा (माओवादी केन्द्र)की सांसद सत्य पहाडीले  बजेट भाषणमा उल्लेख गरिएको विद्यार्थीका लागि सहुलियतपूर्ण कर्जा र बेरोजगार लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम केवल कर्णप्रिय नारा मात्रै भएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग जोडदार माग गरिन् ।उनले स्वरोजगार कोष, प्रधानमन्त्री रोजगार कार्यक्र

शून्य समयमा बोलेको विषयमा सरकारले चासो दिएन

सांसद आशाकुमारीले प्रतिनिधिसभाको शून्य समयमा बोलेको विषयमा चासो नदिएको बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठक अन्तर्गत शून्य समयमा बोल्दै उनले सांसदहरूको ध्यानाकर्षणमा सरकार अप्रिल फुल मनाएर बसेको आरोप लगाइन् ।गत कात्तिकमा गएको बाढी पहिरोले बझाङमा दर्जनौं घरपरिवार पीडित भए पनि सरकारले अहिलेसम्म राहतका लागि कुनै चासो नदिएको बताइन् । ‘मन्त्री र सांसदहरू हेलिकोप्टरमा चढेर निरीक्षण गर्न गए, तर पीडितको अवस्था अहिले पनि उस्तै छ,’ उनले भनिन् ।

शून्य समयमा बोलेको विषयमा सरकारले चासो दिएन: आशाकुमारी

काठमाडाैँ- सांसद आशाकुमारी विकले प्रतिनिधिसभाको शून्य समयमा बोलेको विषयमा चासो नदिएको बताएकी छन्। प्रतिनिधिसभाको आइतबारको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले सांसदहरूको ध्यानाकर्षणमा सरकार अप्रिल फुल मनाएर बसेको आरोप लगाइन्। गत कात्तिकमा गएको बाढीपहिरोले बझाङमा दर्जनौँ घरपरिवार पीडित भए पनि सरकारले अहिलेसम्म राहतका लागि कुनै चासो नदिएको उनकाे भनाइ छ। ‘मन्त्री र सांसदहरू हेलिकोप्टरमा चढेर निरीक्षण […]

शून्य समयमा सांसदहरुले के भने?

काठमाडाैँ – प्रतिनिधिसभामा सांसदहरुले समसामयिक विषयमा सरकारकाे ध्यानाकर्षण गराएका छन्। बैठककाे शून्य समयमा सांसद लक्ष्मी परियारले दुई पटक विघटन हुँदा पनि फेरि संसद पुनःस्थापित भएकोमा आफूहरु भाग्यमानी रहेकाे बताइन्। सांसद लालकाजी गुरुङले संसद पुन:स्थापना गर्न सक्रिय भूमिका खेलेकाेमा १४६ जना सांसदप्रति सम्मान व्यक्त गरे। अर्का सांसद लालप्रसाद साँवा लिम्बुले परमादेशाट सरकार बनेकाे बताउँदै सुकुम्बासी, दलितलाई […]