देशका केही पहाडी भूभागमा पानी पर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा […]

सम्बन्धित सामग्री

काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार काठमाण्डौसहित बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा बिहानदेखि नै पानी परिरहेको छ । यस्तै, अन्य पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकामा गएरातिदेखि नै पानी परिरहेको छ । लगातार झरी नपरे पनि पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । आज दिनभरिकै मौसम यस्तै रहने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । बिहानै...

काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा पर्सिसम्मै पानी पर्ने सम्भावना

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना छ । अहिले पनि पहाडी एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो पहाडी केही क्षेत्र तथा तराईका थोरै ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार भोलि र पर्सि पनि मौसम यस्तै रहने छ । पर्सि सोमवार...

काठमाण्डौसहित पहाडी  र तराईका केही ठाउँमा आज पनि पानी पर्ने

काठमाण्डाै - काठमाण्डौसहित पहाडी  र तराईका एक/दुई ठाउँमा आज पनि पानी पर्ने अनुमान गरिएको छ। स्थानीय वायुको प्रभावका कारण आज पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार प्रि-मनसुनको समयमा स्थानीय वायुको प्रभाव दिउँसो पछि बढी सक्रिय हुन्छ । यही कारण दिउँसो पछि मेघगर्जन र चट्याङ पर्ने सम्भावना धेरै हुन्छ। आज विशेषगरी काठमाण्डौ उपत्यका र पहाडी जिल्लासहित पश्चिम तराईका एक/दुई ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ । हिजो बेलुका काठमाण्डौ उपत्यका र ...

आज पनि बेलुकीपख पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान

काठमाण्डाै - आज पनि बेलुकीपख पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण बेलुकीपखको मौसम बदली भइ एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज काठमाण्डौमा भने खासै पानी पर्ने सम्भावना छैन । तर, बेलुकीपख भने काठमाण्डौको मौसम पनि बदली हुने सम्भावना छ । अन्य पहाडी क्षेत्रमा मेघगर्जनसहित चट्याङ पर्ने अनुमान छ । पहाडी क्षेत्रमा बिहान र दिउँसाेको मौसम सामान्यतया सफा नै रहने मौसमविद् वरुण पौ...

आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने

काठमाण्डाै – आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा आज दिनभरजसो नै मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा भने पहाडी क्षेत्रमा मौसम बद्ली भइ दिउँसो हल्का पानी पर्ने अनुमान छ । तराईका केही जिल्लामा पनि हल्का वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । पश्चिमी वायूको प्रभावका कारण यी क्षेत्रको मौसम बद्ली भई हल्का पानी पर्न लागेको मौसमविद् मानन्धरले बताउनुभयो । ...

आजको मौसम : पहाडी भू-भागमा पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमामा पानी पर्ने सम्भावना रहेको छ।नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भू–भागमा मौसम बदली रहेको छ।दिउँसो पहाडी र तपाईमा मौसम बदली रहने छ। प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सोमबार राति प्रदेश

हावाहुरी र चट्याङ्गसहित पानी पर्ने सम्भावना

काठमाण्डाै - आज काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलकाअनुसार दिउँसोपछि काठमाण्डौका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । यस्तै, अन्य पहाडी क्षेत्रमा पनि हावाहुरीसहित चट्याङ्ग र हल्का पानी पर्ने उहाँले बताउनुभयो । आज देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने पनि मौसमविद्ले बताएका छन् । देशका धेरै ठाउँमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव परेको छ ।

काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने

काठमाण्डाै - आज पनि काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठकाअनुसार आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली रहने छ । दिउँसोपछि पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो। आज सुदूरपश्चिम प्रदेशको मौसम  पूर्णरुपमा बद्ली हुने र त्यहाँका हिमाली क्षेत्रमा हिमपात हुने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । तराईका जिल्लाको मौसम भने आंशिक बद्ली हुनेछ । भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने अनुमान छ । नेपालम...