काठमाण्डौसहित पहाडी  र तराईका केही ठाउँमा आज पनि पानी पर्ने

काठमाण्डाै - काठमाण्डौसहित पहाडी  र तराईका एक/दुई ठाउँमा आज पनि पानी पर्ने अनुमान गरिएको छ। स्थानीय वायुको प्रभावका कारण आज पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार प्रि-मनसुनको समयमा स्थानीय वायुको प्रभाव दिउँसो पछि बढी सक्रिय हुन्छ । यही कारण दिउँसो पछि मेघगर्जन र चट्याङ पर्ने सम्भावना धेरै हुन्छ। आज विशेषगरी काठमाण्डौ उपत्यका र पहाडी जिल्लासहित पश्चिम तराईका एक/दुई ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ । हिजो बेलुका काठमाण्डौ उपत्यका र ...

सम्बन्धित सामग्री

आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने

काठमाण्डाै – आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा आज दिनभरजसो नै मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा भने पहाडी क्षेत्रमा मौसम बद्ली भइ दिउँसो हल्का पानी पर्ने अनुमान छ । तराईका केही जिल्लामा पनि हल्का वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । पश्चिमी वायूको प्रभावका कारण यी क्षेत्रको मौसम बद्ली भई हल्का पानी पर्न लागेको मौसमविद् मानन्धरले बताउनुभयो । ...

बिहान घाम लागे पनि दिउँसो पानी पर्ने

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । तर, बिहानै घाम लागे पनि फेरि बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार केही समयपछि नै मौसम बदली हुने सम्भावना छ । आज दिउँसोपछि धेरैजसो पहाडी क्षेत्रमा पानी पर्ने अनुमान गरिएको छ । तराईका जिल्लामा भने थोरै ठाउँमा मात्रै पानी पर्ने अनुमान रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार दिउँसो आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै, राति सुदूरपश्...

यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेकाे छ । आज शुक्रवार काठमाण्डाैमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएकाे जनाएको हो । विभागको अनुमानअनुसार आउँदाे जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका धेरैजसाे ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १ का तराईका भूभाग, बाग्मती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्...

आजदेखि पानी पर्ने क्रम बढ्ने, तीन वटा प्रणालीको सामान्य प्रभाव

काठमाण्डाै - आजदेखि पानी पर्ने क्रम बढ्ने भएको छ । देशका केही ठाउँमा फाट्टफुट्ट पानी पर्दै आएकोमा आजदेखि धेरै ठाउँमा पानी पर्न सुरु हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका धेरैजसो पहाडी क्षेत्रमा आज पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो पहाडी क्षेत्र र तराईका केही ठाउँमा पानी पर्ने उहाँले बताउनुभयो । यो हप्तादेखि पानी पर्ने क्रम बढ्दै जाने र त...

देशका धेरै ठाउँको मौसम अंशिकदेखि सामान्य बद्ली, केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै – देशका धेरै ठाउँको मौसम अंशिकदेखि सामान्य बद्ली भएको छ । मौसमविद् विष्णु घिमिरेका अनुसार आज पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । यस्तै, आज तराईका जिल्लामा पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् घिमिरेले जानकारी दिनुभयो । आज तराईका जिल्लाको मौसम पनि आंशिकदेखि सामान्य बद्ली भएको छ । केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । नेपालमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव छ । यसका कारण भोलि प...

आज बेलुका पनि मेघगर्जनसहित पानी पर्ने

काठमाण्डाै - आज बेलुका पनि पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठकाअनुसार पश्चिमी न्यून चापीय प्रणालीकै असरका कारण हिजो जस्तै आज बेलुका पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । यो प्रणालीको प्रभाव भोलि भने हट्ने छ । तर, पर्सि फेरि पानी पार्ने अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सि बुधवार र बिहीवार धेरै ठाउँमा पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार तराईका जिल्ला बाहेक अन्य क्षेत्रमा पर्सि बुध...

यो वर्षको हिउँदमा पनि औसतभन्दा धेरै पानी

काठमाण्डाै - यो वर्षको हिउँदमा पनि औसत भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले  बताएका छन् ।विशेषगरी प्रदेश-१ का तराईका जिल्ला, प्रदेश-२, वाग्मती र लुम्बिनी प्रदेशमा औसतभन्दा ३५ देखि ४५ प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही वर्षयता सुक्खा मौसम अर्थात हिउँदमा पानी पर्ने क्रम बढ्दै गएकाले हिउँदमा पानी पर्ने क्रम बढ्नु सामान्यजस्तै बन्दै गएको छ । केही वर्षयता नियमित रुपमा हिउँदमा पानी क्रम नबढेको भए पनि एक...

आज देशका धेरैै ठाउँमा पानी पर्ने

काठमाण्डाै - आज देशका धेरैै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय भएकाले आज धेरै ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिकै रहेको छ । यसले गर्दा अहिले तराईका प्राय: सबैजसो क्षेत्रमा पानी परिरहेको उहाँले बताउनुभयो । प्रदेश-२, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज विशेषगरी प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा...

आजको मौसम : हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने छ।सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि पानी परेको महाशाखाले जनाएको छ। दिउँसो यी दुई प्रदेशसहित बागमती, गण्डकी  र लुम्विनी प्रदेशमा पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिए। यस्तै‚ तराईका केही स्थानहरुमा असिनासहितको क्षणिक वर्षाको सम्भावना छ।दिउँसो सामान्यतया मौसम सफा भए पनि प्रि-मनसुन सक्रिय भएकाले बेलुकी हावाहुरी, मेघगर

पहाडका केही भूभागमा मेघगर्जनसहित हल्का पानी पर्ने

काठमाण्डाै - आज पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जनसहित चट्याङ्ग र हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । दिउँसो पहाडका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली हुने र तराईका क्षेत्रमा आंशिक बद्ली रहने सम्भावना रहेको महाशाखाका मौसमविद् सजिना शाक्यले बताउनु भएकाे छ। अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ । अबको केही दिन मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित प...