काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् गोविन्द झाका अनुसार काठमाण्डौसहित बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा बिहानदेखि नै पानी परिरहेको छ । यस्तै, अन्य पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ ।
काठमाण्डौ उपत्यकामा गएरातिदेखि नै पानी परिरहेको छ । लगातार झरी नपरे पनि पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । आज दिनभरिकै मौसम यस्तै रहने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । बिहानै...