अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र कुनै सरकारको प्रतिशोध पत्र नभएको बताएका छन् ।
मंगलवार श्वेतपत्र सार्वजनिक गरेपछि संसदमा सांसदहरूले उठाएका प्रश्नलाई जवाफ दिँदै उनले यथार्थ पत्र प्रस्तुत गरिएको तर अघिल्लो सरकारको प्रतिशोध नगरिएको बताए ।
उनले तथ्यांकलाई तोडमोड गरेर नबुझ्न समेत आग्रह गरेका छन् ।
उनले भने,‘अघिल्लो सरकारलाई आरोपित गरेको भन्ने अर्थ नलगाउँदा राम्रो हुनेछ । यो वर्तमान परिस्थितिको ऐना हो ।’
उनले विगतका केही कमिकमजोरी भने राखिएको बताउँदै आरोपको रुपमा नभएर शिक्षाको रुपमा ...