कृषिमा यान्त्रिकरण गर्न १६० किसानलाई उपकरण प्रदान

प्रदेश २ सरकारले कृषिमा यान्त्रिकरण गर्न शुक्रबार सप्तरी एक सय ६० जना किसानलाई विभिन्न कृषि उपकरणहरु प्रदान गरेको छ । प्रदेश २ का पशुपंक्षी तथा मत्स्य यान्त्रिकरण निर्देशालयको आयोजनामा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले एक समारोहबीच उक्त उपकरणहरु वितरण गर्नु भएको छ । श्रम कम लाग्ने, उत्पादन बढाउन, परम्परागत कृषि कार्यलाई बिस्थापित गरेर कृषिमा आधुनिकीकरण गर्न कृषि उपकरणहरु वितरण गरेको मन्त्री साहले बताउनुभयो ।

सम्बन्धित सामग्री

भोजपुरमा कृषकलाई हाते ट्याक्टर वितरण

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका अगुवा कृषकलाई गाउँपालिकाले हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाले ‘गरिबी निवारण लघु उद्यम’ कार्यक्रम अन्तर्गत कृषकको २० प्रतिशत र पालिकाको ८० प्रतिशत लगानीमा हाते ट्याक्टर खरीद गरी वितरण गरेको गाउँपालिकाले जनाएको छ । कृषिमा यान्त्रिकरण गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकामा रहेका विभिन्न कृषि समूहमा समावेश भएका कृषक र […]

चितवनमा चैते धानको उत्पादकत्व २० प्रतिशत वृद्धि

चितवनमा चैते धानको उत्पादकत्व बढ्दै गएको छ। कृषिमा यान्त्रिकरण, गुणस्तरीय बीउ, कृषकहरूको व्यवस्थापन र सचेताका कारण उत्पादकत्वमा वृद्धि भएको हो। कृषि ज्ञान केन्द्र चितवनका अनुसार, पछिल्ला ४ वर्षमा २० प्रतिशतले चैते धानको उत्पादकत्व बढेको छ।...

कृषकलाई प्रविधि हस्तान्तरण गर्दै स्थानीय तह

दमौली । तनहुँका स्थानीय तहले कृषकलाई कृषि उपकरण उपलब्ध गराउनका लागि सहयोग गर्न थालेका छन् । परम्परागतरूपमा खेती गर्दै आएका कृषकलाई यान्त्रिकरणमार्फत व्यावसायिक बनाउन स्थानीय तहले कृषि उपकरणमा जोड दिएका हुन् । आँबुखैरेनी गाउँपालिकाले कृषकलाई कृषि उपकरण प्रदान गरेको छ । कृषिमा यान्त्रिकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले कृषकलाई उपकरण सहयोग गरेको हो । गाउँपालिकाको स्वीकृत कार्यक्रमबमोजिम […]

सरकारले कृषि क्षेत्रमा विशेष प्याकेजको व्यवस्था गर्ने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गर्ने भएकाे छ।मंगलवार संघीय सभाको संयुक्त सभालाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएकी हुन्। राष्ट्रपति भण्डारीका अनुसार कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रूपमा अघि बढाइने, यसका लागि नयाँ राष्ट्रिय कृषि नीति तर्जुमा गर्दै कृषिमा यान्त्रिकरण र व्यवसायीकरण गर्दै र खेतीमा जलवायु अनुकूल प्रविधिको प्रव

बेसीशहरका दुई सय किसानलाई हातेट्याक्टर

लमजुङ – बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको मेयर गुमानसिंह अर्यालले बताए । वैदेशिक रोजगारी पश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुन: प्रयोगमा ल्याउन हातेट्याक्टर प्रभावकारी हुने […]

दुई सय किसानलाई हातेट्याक्टर

बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएकाे मेयर गुमानसिंह अर्यालले  बताए ।वैदेशिक रोजगारी पश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुन: प्रयोगमा ल्याउन हातेट्याक्टर प्रभावकारी हुने अर्यालले बताए । नगरपालिकाले ७ र ६ हर्सपावर डिजेलवाला तथा ७ हर्सपावर पेट्रोलवाला गरी ३ प्रकारको मिनिटिलर हातेट्याक्टर

महिलाको कार्यबोझ घटाउन कृषिमा यान्त्रिकरण बढाउँदै

जुम्ली महिलाको अधिकांश समय घरधन्दा मेलापात गरेरै बित्छ । तुलनात्मक रुपमा पुरुषभन्दा महिला नै घरको काम बढी गर्छन् । बालीनाली रोप्ने,अन्न भित्राउने, भण्डारण गर्नेदेखि हरेक महिलाकै काँधमा हुन्छ । परम्परागत खेती प्रणालीले एकातर्फ समय बढी खर्चिने र अर्काेतर्फ महिलालाई कार्यबोझ बढ्ने समस्या थियो । साथै अधिकांश पुरुष कमाउन कालापहाड जाने घरधन्दा खेतीपाती महिलाकै भरमा छोड्छन् […]

महिलाको कार्यबोझ घटाउन कृषिमा यान्त्रिकरण बढाउँदै

जुम्ली महिलाको अधिकांश समय घरधन्दा मेलापात गरेरै बित्छ । तुलनात्मक रुपमा पुरुषभन्दा महिला नै घरको काम बढी गर्छन् । बालीनाली रोप्ने,अन्न भित्राउने, भण्डारण गर्नेदेखि हरेक महिलाकै काँधमा हुन्छ । परम्परागत खेती प्रणालीले एकातर्फ समय बढी खर्चिने र अर्काेतर्फ महिलालाई कार्यबोझ बढ्ने समस्या थियो । साथै अधिकांश पुरुष कमाउन कालापहाड जाने घरधन्दा खेतीपाती महिलाकै भरमा छोड्छन् […]

दुध उत्पादनमा औजारीकरण : चितवनका किसानलाइ दूध दुहुने र घाँस काट्ने मेसिन वितरण

साउन १५, चितवन । किसानलाई दूध उत्पादनमा औजारीकरण र व्यवसायीकरण गर्न दूध दुहुने मेसिन र घाँस काट्ने मेसिन वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले यहाँका ३८ जना दुग्ध उत्पादक किसानलाई उक्त औजार वितरण गरेको हो ।  किसानहरुलाई वितरण गरिएको दूध दुहुने मेसिन र घाँस काट्ने मेसिनले किसानलाई धेरै सहजता दिलाउने महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले बताए ।  किसानका सबै माग र आवश्यकतालाई आफूहरुले नीति तथा कार्यक्रममा पारेर पारित गरेर लैजाने उनको भनाइ छ । कृषिको विकासबाट पनि नै महानगरको विकास र समृद्धि हासिल गर्न मदत पुग्ने भन्दै उनले आफूहरु किसानसँग सहकार्य र हातेमालो गर्दै अघि बढ्ने बताए ।  महानगर प्रमुख रेनु दाहालले कृषिमा आधुनीकिकरण, औजारीकरण र व्यवसायीकरण गरी किसानलाई दूध उत्पादनमा आकर्षित गराउने उद्देश्य सहित औजार वितरण गरिएको बताइन् ।  कृषिमा यान्त्रिकरण र व्यवसायीकरण गर्न महानगर लागिहरेको भन्दै दाहालले उत्पादन लागत घटाउँदै किसानलाई कृषिमा आत्मनिर्भर बनाउनु महानगरको योजना रहेको बताइन् । कृषि कर्ममा लाग्ने किसानलाई व्यवसायीकरण गर्न कार्यविधि बनाएर अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको  दाहालको भनाइ छ । पहुँचको भरमा अनुदान खाने तर वास्तविक किसानले नपाउने अवस्था सृजना हुन नदिन कार्यविधिले महत्वपुर्ण भुमिका खेल्ने उनले बताइन् ।  युनिक गाई पालन फार्म भरतपुरका किसान एवम् राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालका केन्द्रिय अध्यक्ष आनन्द न्युरेले आफूहरुले धेरै वर्ष पछि बल्ल राहतको अनुभूति गरेको बताए । महानगरका किसानहरुको आत्मबल विकाससँगै किसानलाई यान्त्रिकरण र व्यवसायीकरणमा जोड दिनुपर्ने दायित्व सरकारको रहेको उनको भनाइ थियो ।  महानगरले किसानलाई धान रोप्ने मेसिन, कृषि कर्ममा प्रयोग हुने ट्याक्टर, घासकाट्ने मेसिनदेखि दूध दुहुने मेसिन हस्तान्तरण गरिसकेको छ । हाल महानगरले दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान यसै वर्षदेखि लागू गरेको छ ।

रेसुङ्गा नगरपालिकाले दियो किसानलाई कृषिजन्य सामग्री

१० जेठ, गुल्मी । रेसुङ्गा नगरपालिकाले किसानलाई औजार उपकरण एबं कृषिजन्य सामग्री हस्तातरण गरेको छ । कृषिमा यान्त्रिकरण गरौ उत्पादन लागतमा घटाउ भन्ने नाराका साथ नगरपालिका अन्तरगत प्रधानमन्त्री कृषि आधुनिकरणले नगरपालिका भित्रका किसानलाई औजार उपकरण एबं कृषिजन्य सामग्री बितरण गरिएको हो । नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत अनुदानमा प्रधानमन्त्री …