जुम्ली महिलाको अधिकांश समय घरधन्दा मेलापात गरेरै बित्छ । तुलनात्मक रुपमा पुरुषभन्दा महिला नै घरको काम बढी गर्छन् । बालीनाली रोप्ने,अन्न भित्राउने, भण्डारण गर्नेदेखि हरेक महिलाकै काँधमा हुन्छ । परम्परागत खेती प्रणालीले एकातर्फ समय बढी खर्चिने र अर्काेतर्फ महिलालाई कार्यबोझ बढ्ने समस्या थियो । साथै अधिकांश पुरुष कमाउन कालापहाड जाने घरधन्दा खेतीपाती महिलाकै भरमा छोड्छन् […]