बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएकाे मेयर गुमानसिंह अर्यालले बताए ।वैदेशिक रोजगारी पश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुन: प्रयोगमा ल्याउन हातेट्याक्टर प्रभावकारी हुने अर्यालले बताए । नगरपालिकाले ७ र ६ हर्सपावर डिजेलवाला तथा ७ हर्सपावर पेट्रोलवाला गरी ३ प्रकारको मिनिटिलर हातेट्याक्टर