कात्तिकमा सवा ३५ अर्ब निक्षेप घट्यो : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । कात्तिक महिनामा २७ वटा वाणिज्य बैंकहरूको निक्षेप ३५ अर्ब ३१ करोडले घटेको छ । वाणिज्य बैंकहरूले तरलता व्यवस्थापनका लागि निक्षेपमा व्याज वृद्धि -

सम्बन्धित सामग्री

निर्यात घट्यो, बैशाखमा एक खर्ब ३५ अर्बको मालसामान आयात

गत बैशाख महिनामा एक खर्ब ३५ अर्ब रुपैयाँ बराबरको मालसामान आयात भएको छ ।

निर्यात घट्यो, बैशाखमा एक खर्ब ३५ अर्बको मालसामान आयात

गत बैशाख महिनामा एक खर्ब ३५ अर्ब रुपैयाँ बराबरको मालसामान आयात भएको छ ।

निर्यात घट्यो, बैशाखमा एक खर्ब ३५ अर्बको मालसामान आयात

गत बैशाख महिनामा एक खर्ब ३५ अर्ब रुपैयाँ बराबरको मालसामान आयात भएको छ ।

निर्जीवन बीमा कम्पनीको व्यापार घट्यो

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष (आव) २०८०/८१ को भदौमा ३ अर्ब ३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो पोहोर भदौको तुलनामा ८ दशमलव ८ प्रतिशत कम हो ।  नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरूले आव २०७९/८० को भदौमा ३ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । बीमाक्षेत्रका जानकारहरू बीमा क्षेत्रमा अहिले प्रगति नभएको बताउँछन् । भदौमा कम्पनीहरूले ८ खर्ब ३५ अर्ब रुपैयाँ बीमांकको १ लाख ९५ हजार २५७ ओटा बीमालेख जारी गरेका छन् । भदौसम्ममा कम्पनीहरूले ७ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्री बीमाक्षेत्रमा हाल ‘ग्रोथ’ नभएको बताउँछन् । ‘मन्दीको चेन इफेक्ट बीमाक्षेत्रमा पनि परेको छ,’ उनले भने, ‘अहिले गाडीको व्यापार हुन सकेको छैन । आयात–निर्यात पनि घटेको छ । बैंक वित्तीय संस्थाले पनि लगानी नगरेको अवस्था छ । यसको चेन इफेक्ट निर्जीवन बीमा व्यवसायमा परेको हो ।’  गत असारबाट सञ्चालनमा आएका दुईओटा लघु निर्जीवन बीमा कम्पनीले भदौमा ३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । भदौमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख १३ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ८७ हजार बीमाशुल्क संकलन गरेको छ । दुई बीमा कम्पनीले १२ करोड १६ लाख रुपैयाँको बीमांक बराबरको ८७ ओटा बीमालेख जारी गरेका छन् । ्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोक्का आफ्नो कम्पनी अहिले सेवा विस्तारमा लागिरहेको बताउँछन् । रोक्काका अनुसार कम्पनीको दशैंअघिसम्म सातै प्रदेशमा १५ ओटा शाखा विस्तार गर्ने योजना बनाएको छ ।  ‘नेपालमा लघुबीमा क्षेत्रमा धेरै गर्न सकिने सम्भावना छ । त्यहीअनुरूप नै सञ्चालनमा आएका बीमा कम्पनीहरू सीमान्तकृत र न्यून आय भएका समुदायलाई गुणस्तरीय सेवा दिन लागि रहेका छौं,’ उनले भने ।

आयात-निर्यात दुवै घट्यो, राजस्व प्रभावित

काठमाडौ । चालू आर्थिक वर्ष २०७९/८० को १० महिनासम्ममा १३ खर्ब ३५ अर्ब ३२ करोड रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत वर्षको यही अवधिसम्मको तुलनामा आयात १६.७८ प्रतिशतले घटेको छ । गत वर्ष साउनदेखि वैशाखसम्ममा १६ खर्ब ४ अर्ब रूपैयाँ बराबरको आयात भएको थियो । वैशाख महिनामा मात्रै १ खर्ब ३३ […]

१८ प्रतिशत घट्यो मुलुकको ब्यापार घाटा

मुलुकको ब्यापार घाटा १८.७७ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ५ महिनाको अवधिमा मुलुकको कुल ब्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोडमा सीमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ब्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड पुगेको थियो ।

बैंकको निक्षेप ६० प्रतिशत घट्यो

चालू आवको पहिलो नौ महिनामा वाणिज्य बैंकहरूको निक्षेप गतवर्षको सोही अवधिको तुलनामा करिब ६० प्रतिशतले घटेको छ । बैंकहरूको गत आवको तेस्रो त्रैमाससम्म रू. ७१ अर्ब १० करोड निक्षेप संकलन गरेका थिए । चालू आवको सोही अवधिमा यो रकम करिब रू. २८ अर्ब मात्रै रहेको छ । तुलनात्मक रूपमा बैंकहरूको निक्षेप वृद्धिदर चालू आर्थिक वर्षभित्रै पनि धेरै कम छ । ‘बजारमा तरलताको अभावका अवस्था यसको मूलकारण हो,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अभियानसँग भने । अघिल्लो आवको चैत मसान्तमा वाणिज्य बैंकहरूको निक्षेप संकलन वृद्धिदर करिब १७ प्रतिशत रहेको थियो । हाल सञ्चालनमा रहेका २७ मध्ये २६ वाणिज्य बैंकहरूले अहिलेसम्म गरेको निक्षेप संकलन करिब ५ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसमा स्थानीय मुद्रा निक्षेप (एलसीबाई) रकम रू. ५ खर्ब ३५ अर्ब रहेको छ । विसं २०६६ वैशाखमा वाणिज्य बैंकहरूको निक्षेप करिब ५ खर्ब रुपैयाँ रहेको थियो । चैत मसान्तसम्म एक वर्षमा यो ८५ अर्ब बढेर ५ सय ८५अर्ब पुगेको छ । वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा गरेका कर्जा प्रवाह चालू आवको पहिलो नौ महिनामा करिब ६१ अर्ब रुपैयाँले बढेको छ । आर्थिक वर्षको सुरुमा ४ खर्ब ६६ अर्ब पुगेको छ । राष्ट्र बैंकले दिएको यो तथ्यांकअनुसार अहिले बैंकिङ प्रणालीमा झन्डै १ खर्ब १९ अर्ब रुपैयाँ तरलता रहको देखिन्छ । वर्ष ५, अंक ३६, २०६७, वैशाख २७–जेठ २

वाणिज्य बैंकको निक्षेप एक महिनामै ३५ अर्ब घट्यो, कर्जा प्रवाह भने ३६ अर्ब बढी

नेपालका २७ वाणिज्य बैंकहरूको निक्षेप कात्तिक महिनामा ३५ अर्ब ३१ करोड रुपैयाँले घटेको छ । तर, कर्जा प्रवाह भने ३६ अर्ब १२ करोड रुपैयाँले बढेको छ । यो हिसाब हेर्दा पछिल्लो महिना बैंकहरूमा निक्षेप निरन्तर घटिरहेको र कर्जा प्रवाह यसको ठिक विपरीत अर्थात् बढिरहेको पाइएको छ ।कात्तिक महिनाभर वाणिज्य बैंकहरूले कूल ३५ अर्ब ३१ करोड रुपैयाँ बराबर कर्जा प्रवाह गरेका हुन् । यो महिनामा सबै वाणिज्य बैंकमा कूल ४२ खर्ब ३३ अर्ब ३४ करोड रुपैयाँ निक्षेप जम्मा भएको हो । यसैगरी, ४० खर्ब ३४ अर्ब ३४ करोड रुपैयाँ कर्जा म

निषेधाज्ञाको प्रभावले घट्यो कुखुराका चल्लाको माग

काठमाडौं (अस) । निषेधाज्ञाको प्रभावले कुखुराका चल्लाको माग घटेको छ । अहिले कतिपय जिल्लामा निषेधाज्ञा लागू भएको र केही जिल्लामा निषेधाज्ञा हुन थालेपछि किसानले कुखुराका चल्लाको माग घटाएका हुन् । ह्याचरी उद्योग संघका अनुसार नेपालमा प्रतिहप्ता ४२ लाख चल्लाको माग हुने गर्दछ । अहिले प्यारेन्ट चल्लाको अभावमा उत्पादन घटेर ३० लाख मात्र छ । यसमध्ये पनि अहिलेको बजार माग १५ प्रतिशतले घटेको संघले बताएको छ । निषेधाज्ञाका कारण दाना, औषधि लगायत आवश्यक सामग्री नपाइने त्रासले किसानले चल्लाको माग घटाएको ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए । माग घटेसँगै चल्लाको मूल्य पनि घट्न सक्ने उनले बताए । अहिले प्रतिचल्ला ७० रुपैयाँ छ । मासुको मूल्य घट्यो निषेधाज्ञाका कारण बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य ह्वात्तै घटेको छ । केही दिन अघिसम्म मूल्य बढेर प्रतिकिलो ४४० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य निषेधाज्ञाको निर्णय भएसँगै ३ दिनको अन्तरालमा ४० रुपैयाँ घटेर प्रतिकिलो ४०० रुपैयाँमा आएको छ । सरकारले निषेधाज्ञाको समयमा पनि कुखुराको ओसारपसारका साथै मासु पसल सञ्चालनमा रोक नलगाउने बताएको छ । यद्यपि मासुको मूल्यमा निषेधाज्ञाको प्रभाव परेको छ । निषेधाज्ञाको घोषणापछि लाखौं मानिसले काठमाडौं उपत्यका छाडेका छन् । यसकारण मासुको खपत घटेको मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ लाख किलो मासु खपत हुने गर्दछ । उपत्यका छाडेर बाहिरिनेहरू बढेसँगै खपत करीब ४० प्रतिशत घटेको बताइएको छ । गतवर्ष कोरोना महामारीका कारण चपेटामा परेको पोल्ट्री व्यवसायमा ३५ अर्ब रुपैयाँ बराबरको नोक्सानी नेपाल पोल्ट्री व्यवसायी महासंघले बताएको छ । यस वर्ष त्यस्तो अवस्था आउन नदिन तयारी कखुरा, अण्डा, दाना, औषधि लगायत वस्तु ओसारपसार तथा विक्री वितरण सहज बनाउन महासंघले सरकारसँग आग्रह गरेको छ ।