काठमाडौं, १६ साउन । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगजस्तो संवेदनशील विषयमा राजनीतिक दलहरुले मौनता साँध्नु गैरजिम्मेवारीको पराकाष्टा भएको कानुनविद्ले बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने, “महाभियोग प्रस्ताव दर्ता भएको यतिका दिनसम्म संसदको विशेष समितिमा पठाइएको छैन । यो गम्भीर […]