सात वर्षमा दलहरू कहाँ–कहाँ चुके ?

नेपाल यतिवेला नयाँ संविधानअनुसार प्रतिनिधिसभा र प्रदेश सभाका लागि हुने दोस्रो आमनिर्वाचनको संघारमा खडा छ । राजनीतिक दलहरू गठबन्धन तथा प्रति–गठबन्धन निर्माण र उम्मेदवार चयनको चटारोमा छन् । उनीहरूमाथि जितको जोड–घटाउ र...

सम्बन्धित सामग्री

विदेश नीतिमा मोदीको चुक : अमेरिका र चीनलाई ब्यालेन्स गर्न नसक्दा गडबड !

भारतको विपक्षी दल कांग्रेसका नेता मणिशंकर अय्यरले मंगलवार एउटा कार्यक्रममा मोदी सरकारको परराष्ट्रनीतिको आलोचना गर्दै विगत सात वर्षमा भारत अमेरिकाको गुलाम बनेको बताए । चीनबाट सुरक्षाका लागि भारतले अमेरिकासँग भिक्षा मागिरहेको अनि विगत सात वर्षमा रुससँगको सम्बन्ध पनि बिग्रिएको आरोप अय्यरले लगाए ।  अय्यरको भनाइमा दम छ किनकि मोदी सरकार आउनेबित्तिकै अमेरिकाको रणनीतिक स्वार्थ पूरा गर्ने गरी भारतले नीति बनाएको देखिएको छ । मोदी आउनुअघि मनमोहन सिंहको सरकारले अमेरिकासँग आणविक सम्झौता गरेर दुई देशको सम्बन्धलाई गाढा बनाए...

नयाँ वर्षमा पनि पर्यटक नआउँदा व्यवसायी निराश

चितवन । गतवर्ष कोरोनाका कारण पर्यटन क्षेत्र पूर्णरूपमा बन्द भए पनि यो नयाँ वर्षमा पर्यटक आगमन बढ्ने अपेक्षा गरेका चितवनका पर्यटन व्यवसायी निराश बनेका छन् । अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली नयाँ वर्षमा पनि पर्यटक आगमन उत्साहप्रद हुने आशा गरेका व्यवसायी पर्यटक नआउँदा निराश बनेका बनेका हुन् । केही समय अघिसम्म गति लिन लिन थालेको जिल्लाको पर्यटन व्यवसाय कोरोनाको दोस्रो लहर शुरू भएसँगै पुनः सुस्ताएको छ । होटलहरूमा यसअघि नै भएका बुकिङ समेत कोरोना त्रासकै कारण रद्द भएको व्यवसायीले बताएका छन् । जिल्लाका सौराहा, पटिहानी र मेघौली लगायत प्रमुख पर्यटकीय क्षेत्रमा अंग्रेजी नयाँ वर्षमा उत्साहप्रद रूपमा भएको पर्यटक आगमन नेपाली नयाँ वर्षमा निकै घट्यो । भरतपुर महानगरपालिका–२२ को कसरा रिसोर्टका जनसम्पर्क अधिकृत सागर पौडेलले नयाँ वर्षमा पर्यटक आगमन शून्यप्रायः रहेको बताए । ‘गतवर्षलाई छाडेर अघिल्ला वर्षहरूमा एक हप्ताअघिखि नै सबै रूम बुकिङ भइसक्थे, सेवा दिन भ्याइनभ्याइ हुन्थ्यो,’ उनले भने, ‘अहिलेको नेपाली नयाँ वर्षमा पहिले नै भएका बुकिङ समेत क्यान्सिल भए ।’ केही दिन अघिसम्म राम्रै चहलपहल देखिन थालेको पर्यटन व्यवसाय कोरोना संक्रमण र मृत्युदर बढेसँगै प्रभावित बन्न पुगेको हो । नारायणगढ र रत्ननगरमा होटल सञ्चालन गर्दै आएका नेपाल पर्यटन व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके पछिल्लो हप्ता पर्यटकीय चहलपहल घट्न थालेको बताउँछन् । ‘एक त सरकारले कोरोनाविरुद्ध सचेतना अपनाउन अनुरोध गरेको छ,’ उनले भने, ‘अर्कोतिर यही त्रासका कारण मानिस बाहिर निस्कन कम गर्न थाले ।’ अघिल्ला वर्षहरूमा चितवनमा काठमाडौं, पोखरा लगायत शहरबाट उल्लेख्य आन्तरिक पर्यटक आए पनि यसपटक ती ठाउँबाट नआएको उनले बताए । उनका अनुसार राति ९ बजे होटल, रेष्टुराँ बन्द हुने भन्ने हल्लाका कारण पनि पर्यटक होटल÷रेष्टुराँमा निकै कम आएका हुन् । यतिबेला चितवनको प्रमुख पर्यटकीय स्थल सौराहा सुनसान जस्तै देखिएको छ । नयाँ वर्षको अघिल्लो दिनको रात केही रेष्टुराँ र पबहरूमा आन्तरिक पर्यटकको उपस्थिति बाक्लै देखिए पनि होटलमा भने पर्यटकको न्यून उपस्थिति थियो । जंगल सफारी लज सौराहाका निर्देशक सुमन घिमिरेले नयाँ वर्षको अघिल्लो दिनदेखि पर्यटक आए पनि अधिकांश पर्यटक स्थानीय भएकाले व्यवसाय खासै नभएको बताए । ‘यो नयाँ वर्षमा अन्य जिल्लाका पर्यटक आउन सकेनन् । बाह्य पर्यटक पनि शून्य बराबर नै छ,’ उनले भने । खर्च गर्ने पर्यटक नहुँदा आगमन बाक्लो भए पनि यसले व्यवसाय बढ्न नसक्ने उनको भनाइ छ । ‘अघिल्ला वर्षहरूमा नयाँ वर्ष आउन १ महीना अघिदेखि नै रूमहरू प्याक हुन्थ्यो, हात्ती सफारी, जीप सफारीका लागि पनि भरिभराउ हुन्थे,’ उनले भने, ‘यसपालि त्यस्तो माहोल बन्न सकेन,’ क्षत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले भने । ६ महीना अघिदेखि नै पर्यटन व्यवसाय पूर्णरूपमा खुलेर सेवा दिँदै आए पनि हालसम्म नोक्सान बेहोर्नुपरेको भन्दै भट्टराईले  बाह्य पर्यटक नआएसम्म व्यवसाय नउकासिने बताए । यस्तै अवस्था रहे पर्यटन व्यवसाय पुनः बन्द गर्नुपर्ने अवस्था आउन सक्ने व्यवसायीको अनुमान छ ।

कहाँ चुके अर्थमन्त्री युवराज खतिवडा ?

२ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गत १५ जेठमा आफ्नो कार्यकालको तेस्रो बजेट भाषण गरे । नेपालमा प्रजातन्त्र पुनस्थापनायताका ३० वर्षमा लगातार तीनवटा बजेट बनाउन पाउने महेश आचार्यपछिका दोस्रो भाग्यमानी अर्थमन्त्री बनेका छन्, …