सत्ता परिवर्तन : कहाँ चुके दलहरू ?

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको विभाजनसँगै संघमा मात्रै सरकार फेरबदल भएन, त्यसको असर प्रदेशहरुमा पनि पर्न थाल्यो । अलि अघि गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले अल्पमतमा परेपछि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बनेका छन् ।