‘जनयुद्ध दिवस’ लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा ओलीकाे असन्तुष्टि

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।  अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभइ हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताउनु भएकाे हाे। बिहीवार आज आफ्नै जन्मदिनको अवसरमा बालकोटमा रहेकाे निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले सरकारको यो ...

सम्बन्धित सामग्री

जनयुद्ध दिवस मनाउने निर्णय सर्वोच्चद्वारा बदर

१३ पुस, काठमाडौं । सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको निर्णय बदर गरेको छ । जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने सर्वोच्चको ठहर छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २९ माघ २०७९ मा १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा […]

फागुन १ मा जनयुद्ध दिवस मनाउनु अर्को कोसेढुङ्गा हो : प्रचण्ड

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने निर्णय कोसेढुङ्गा भएको बताएका छन् । शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले भने, ‘फागुन १ लाई राष्ट्रिय दिवसका रुपमा मनाउने औपचारिक र वैधानिक घोषणा भयो । जनयुद्ध दिवस बनाउने अर्को कोसेढुङ्गा हो ।’ आफू नेतृत्वको […]

वार्षिक क्यालेन्डरमा पृथ्वी जयन्ती र 'जनयुद्ध दिवस'

सरकारले पुस २७ लाई राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) र फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरेर वार्षिक क्यालेन्डर स्वीकृत गरेको छ । मन्त्रिपरिषद् प्रशासनिक समितिको केही दिनअघि बसेको बैठकले अहिले कायम रहेका धार्मिक, सांस्कृतिक, राजनीतिक दिवस, पर्वलगायत बिदालाई कायम गर्दै २०८० को सरकारी क्यालेन्डरमा पृथ्वी जयन्ती र जनयुद्ध दिवस थप गरेको हो ।

‘जनयुद्ध दिवस’ लाई सरकारले राष्ट्रिय दिवस मनाउनु दुःखद्: अध्यक्ष ओली

अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताए।

‘जनयुद्ध दिवस’ र सडक अराजकता

फागुन १ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिएकोमा व्यापक आलोचना भयो । त्यही दिन यातायात व्यवसायी र मजदूरको विरोधले राजधानी काठमाडौंका सडकमा निकै त्रासपूर्ण अराजक प्रदर्शन भयो । कानूनी शासनमा यस्तो परिघटनालाई स्वाभाविक रूपमा लिन सकिँदैन । सार्वजनिक सवारीसाधनले सडकमा अराजकता मच्चाउँदै आएको तथ्य सबैले स्वीकार गरेकै हुन् । यो समस्या समाधान गर्न आवश्यक छ । माओवादीको सशस्त्र युद्धका बेला लुकीछिपी हुने गरेका यस्ता हिंसा ‘जनयुद्ध’ दिवस मनाउन दिएको दिन भने हाकाहाकी भयो । शान्तिसुरक्षामा खटिएका सुरक्षाकर्मी मात्र नभई बाटोमा हिँड्ने सर्वसाधारण समेत त्रस्त हुन पुगे । सुरक्षाकर्मीमाथिको आक्रमण र प्रहरी पोस्ट जलाइएको घटनालाई कुनै एउटा सामान्य हिंसा मान्न सक्ने अवस्था होइन । द्वन्द्वग्रस्त मुलुकमा समेत सुरक्षाकर्मीमाथि हुने आक्रमणलाई निकै गम्भीरतापूर्वक हेरिएको हुन्छ । तर, नेपालमा भने अहिले आतंकवादी गतिविधि चलेको छैन, यस्तो अवस्थामा भएको हिंसा निन्दनीय छ । हिंसापूर्ण आन्दोलन शुरू गरेको दिनलाई राष्ट्रिय पर्वका रूपमा स्वीकार्न सकिँदैन । यसबारेमा सामाजिक सञ्जालहरूमा व्यापक असन्तोष प्रकट भएको छ । सञ्चारमाध्यमहरूले विरोध गरेका छन् । ठूला राजनीतिक दलले नभए पनि ती दलमा आबद्ध केही व्यक्तिले सार्वजनिक बिदा दिइएकोमा असन्तोष व्यक्त गरेका छन् । सरकारको यस्तो कदमले जनमत नै विभाजन भएको मात्र होइन, द्वन्द्वको बल्झन लागेको घाउलाई कोट्याउने काम भएको छ भन्न सकिन्छ । संविधानले नचिनेको ‘जनयुद्ध’ मा बिदा दिनु माओवादी केन्द्रका लागि विशिष्ट होला, उसको एजेन्डा स्थापित भयो पनि होला तर यो मुलुकले नै मनाउनुपर्ने उत्सवको दिन भने होइन । त्यस्तो परिवर्तन ल्याएको दिन पनि होइन । यस्तोमा सार्वजनिक बिदा दिँदा गलत परिपाटी स्थापित गर्ने देखिन्छ । संविधान लेखनका बेला ‘जनयुद्ध’ शब्द प्रयोग गर्ने कि नगर्ने भन्ने विषयमा निकै ठूलो बहस भएको हो । प्रमुख राजनीतिक दलको अडानका कारण यो शब्द संविधानको भूमिका राखिएन र आन्दोलन शब्दमात्र प्रयोग गरियो । यस्तो विरोधाभास र अन्तर्विरोधको राजनीतिक विचारले मुलुक झन् अन्योलमा फस्ने तथा हरेक परिघटनालाई राजनीतिक स्वार्थका केन्द्रमा हेर्ने प्रवृत्तिले जित्दै जाने कुरालाई संकेत गर्छ । माओवादीले आफ्ना मुद्दामा अन्य दललाई बलजफ्ती तान्दै लगेको समेत यसले पुष्टि गर्छ । यही दिन विरोध प्रदर्शनका नाममा लुटेरा शैलीमा ल्होत्से मल तोडफोड गरी मोबाइल र यसका एसेसरिजहरू लुटिए । यी सबै घटना रोक्न प्रहरीले किन सक्रियता देखाएन ? यसमा गृह मन्त्रालयको जिम्मेवारी लिने प्रधानमन्त्री जिम्मेवार हुनुपर्छ कि पर्दैन ? यो घटना वर्तमान प्रधानमन्त्रीलाई आफ्नो विगतका कारण सामान्य लाग्ला तर एक नागरिकका हिसाबले यो गम्भीर घटना हो । घटनास्थल रहेको प्रहरीका अधिकृतको जिम्मेवारी खोसिएको छ । तर, घटनामा सामेलहरूलाई कारबाही हुन्छ वा हुँदैन ? सार्वजनिक सवारीसाधनले सडकमा अराजकता मच्चाउँदै आएको तथ्य सबैले स्वीकार गरेकै हुन् । जथाभावी पार्किङ गर्ने, सडक बीचैमा यात्रु चढाउने, ट्राफिक नियम उल्लंघन गर्ने र यात्रुमाथि दुर्व्यवहार गर्ने व्यवसायीको व्यवहारबाट यात्रु सधैं पीडित छन् । यो समस्या समाधान गर्न आवश्यक छ । त्यसका लागि नियम कानूनको कडा कार्यान्वयन जरुरी छ । त्यसो त ट्राफिक प्रहरीले पनि कतिपय अवस्थामा ज्यादती नगरेका होइनन् । ज्यादती गर्नेमाथि कारबाहीको आफ्नै तरीका हुन्छ, त्यसमा दबाब दिने तरीका पनि छ । तर, त्यही नाममा सोमवार जुन अराजक गतिविधि भयो त्यो सभ्य समाजले स्वीकार्न सक्दैन । प्रहरी अधिकारीमाथि कारबाही गरेर मात्र पुग्दैन, यसमा सत्यतथ्य छानविन हुनुुपर्छ र क्षति भोगेकाहरूले क्षतिपूर्ति पाउनुपर्छ ।  कानून हातमा लिनेमाथि कारबाही हुन्छ भन्ने विश्वास दिलाउने दायित्व सरकारको हो । कतिपय आन्दोलनकारीले हिंसात्मक कार्यमा घूसपैठ भएको दाबी गर्न पनि सक्छन् । तर, आन्दोलन घोषणा गरिसकेपछि त्यसको जिम्मेवारी कसले लिने ? यो पनि पेचिलो रूपमा उठेको प्रश्न हो ।

आम जनता पार्टीले मनायाे जनयुद्ध दिवस

वीरगंज । आम जनता पार्टी (आजपा)ले २८औं जनयुद्ध दिवस मनाएको छ । वीरगंजमा पार्टीको पर्सा जिल्ला भेलासहित आजपाले जनयुद्ध दिवस मनाएको हो । आजपा अध्यक्ष प्रभु साहले देशको शासन सत्तामा आम जनताको नेतृत्वदायी पहुँच एवं सहभागिता स्थापित गर्न सबै पक्षको ध्यान पुग्नुपर्ने बताए । जनयुद्धबाट प्राप्त उपलब्धिको संरक्षण गर्नुपर्नेमा उनले जोड दिएका छन् । २८औं […] The post आम जनता पार्टीले मनायाे जनयुद्ध दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जनयुद्ध दिवस कि लोकतान्त्रिक पार्टीहरुको निरिहता दिवस ?

माओवादीका लागि १० वर्षे जनयुद्ध फलिफाल भए पनि यसैका कारण पीडित बनेकाहरुले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । दशौं हजार द्वन्द्वपीडित न्यायको प्रतिक्षामा छन् । तर द्वन्द्वलाई शान्ति र मेलमलापमा रुपान्तरण गर्नुको साटो सरकारले जनयुद्ध सुरु भएको फागुन १ गतेलाई राष्ट्रिय उत्सवका रुपमा मान्यता दिंदै सार्वजनिक विदा दिएपछि यसको बिरोध भएको छ । यस क्रममा …

मधेस प्रदेशको ‘जनयुद्ध’ दिवस कार्यक्रममा प्रमुख अतिथि प्रचण्ड

काठमाडौं । राज्यको निकायले पहिलो पटक मनाउने ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुर जाने भएका छन । मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा जनकपुरमा आयोजना गर्न लागेको सहिद सम्मान कार्यक्रमलाई सम्वोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड जनकपुर जाने भएका हुन । ‘मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न अध्यक्ष प्रचण्ड जनकपुर […] The post मधेस प्रदेशको ‘जनयुद्ध’ दिवस कार्यक्रममा प्रमुख अतिथि प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेता प्रभाकरको उपस्थितिमा मनाइयो रुकुममा जनयुद्ध दिवस

रुकुममा विभिन्न कार्यक्रमको आयोजना गरी २६ औं जनयुद्ध दिवस मनाइएको छ । नेकपा प्रभावशाली नेता तथा तत्कालीन माओवादी जनयुद्धका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकरको उपस्थितिमा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको हो । जसअनुसार रुकुमको सहिद स्मृति पार्कमा सहिदहरुको सालिकमा माल्यार्पण गरिएको छ । सोही कार्यक्रममा शुभकामना आदानप्रदान कार्यक्रम समेत राखिएको थियो । यसैगरी सानीभेरीमा चौथो राष्ट्रिय गुरिल्ला म्याराथुन दौडको आयोजना गरियो । यस्तै सानीभेरीमै जनयुद्ध दिवसको अवसरमा आर्थिक स