सरकारले पुस २७ लाई राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) र फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरेर वार्षिक क्यालेन्डर स्वीकृत गरेको छ । मन्त्रिपरिषद् प्रशासनिक समितिको केही दिनअघि बसेको बैठकले अहिले कायम रहेका धार्मिक, सांस्कृतिक, राजनीतिक दिवस, पर्वलगायत बिदालाई कायम गर्दै २०८० को सरकारी क्यालेन्डरमा पृथ्वी जयन्ती र जनयुद्ध दिवस थप गरेको हो ।