‘जनयुद्ध दिवस’ र सडक अराजकता

फागुन १ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिएकोमा व्यापक आलोचना भयो । त्यही दिन यातायात व्यवसायी र मजदूरको विरोधले राजधानी काठमाडौंका सडकमा निकै त्रासपूर्ण अराजक प्रदर्शन भयो । कानूनी शासनमा यस्तो परिघटनालाई स्वाभाविक रूपमा लिन सकिँदैन । सार्वजनिक सवारीसाधनले सडकमा अराजकता मच्चाउँदै आएको तथ्य सबैले स्वीकार गरेकै हुन् । यो समस्या समाधान गर्न आवश्यक छ । माओवादीको सशस्त्र युद्धका बेला लुकीछिपी हुने गरेका यस्ता हिंसा ‘जनयुद्ध’ दिवस मनाउन दिएको दिन भने हाकाहाकी भयो । शान्तिसुरक्षामा खटिएका सुरक्षाकर्मी मात्र नभई बाटोमा हिँड्ने सर्वसाधारण समेत त्रस्त हुन पुगे । सुरक्षाकर्मीमाथिको आक्रमण र प्रहरी पोस्ट जलाइएको घटनालाई कुनै एउटा सामान्य हिंसा मान्न सक्ने अवस्था होइन । द्वन्द्वग्रस्त मुलुकमा समेत सुरक्षाकर्मीमाथि हुने आक्रमणलाई निकै गम्भीरतापूर्वक हेरिएको हुन्छ । तर, नेपालमा भने अहिले आतंकवादी गतिविधि चलेको छैन, यस्तो अवस्थामा भएको हिंसा निन्दनीय छ । हिंसापूर्ण आन्दोलन शुरू गरेको दिनलाई राष्ट्रिय पर्वका रूपमा स्वीकार्न सकिँदैन । यसबारेमा सामाजिक सञ्जालहरूमा व्यापक असन्तोष प्रकट भएको छ । सञ्चारमाध्यमहरूले विरोध गरेका छन् । ठूला राजनीतिक दलले नभए पनि ती दलमा आबद्ध केही व्यक्तिले सार्वजनिक बिदा दिइएकोमा असन्तोष व्यक्त गरेका छन् । सरकारको यस्तो कदमले जनमत नै विभाजन भएको मात्र होइन, द्वन्द्वको बल्झन लागेको घाउलाई कोट्याउने काम भएको छ भन्न सकिन्छ । संविधानले नचिनेको ‘जनयुद्ध’ मा बिदा दिनु माओवादी केन्द्रका लागि विशिष्ट होला, उसको एजेन्डा स्थापित भयो पनि होला तर यो मुलुकले नै मनाउनुपर्ने उत्सवको दिन भने होइन । त्यस्तो परिवर्तन ल्याएको दिन पनि होइन । यस्तोमा सार्वजनिक बिदा दिँदा गलत परिपाटी स्थापित गर्ने देखिन्छ । संविधान लेखनका बेला ‘जनयुद्ध’ शब्द प्रयोग गर्ने कि नगर्ने भन्ने विषयमा निकै ठूलो बहस भएको हो । प्रमुख राजनीतिक दलको अडानका कारण यो शब्द संविधानको भूमिका राखिएन र आन्दोलन शब्दमात्र प्रयोग गरियो । यस्तो विरोधाभास र अन्तर्विरोधको राजनीतिक विचारले मुलुक झन् अन्योलमा फस्ने तथा हरेक परिघटनालाई राजनीतिक स्वार्थका केन्द्रमा हेर्ने प्रवृत्तिले जित्दै जाने कुरालाई संकेत गर्छ । माओवादीले आफ्ना मुद्दामा अन्य दललाई बलजफ्ती तान्दै लगेको समेत यसले पुष्टि गर्छ । यही दिन विरोध प्रदर्शनका नाममा लुटेरा शैलीमा ल्होत्से मल तोडफोड गरी मोबाइल र यसका एसेसरिजहरू लुटिए । यी सबै घटना रोक्न प्रहरीले किन सक्रियता देखाएन ? यसमा गृह मन्त्रालयको जिम्मेवारी लिने प्रधानमन्त्री जिम्मेवार हुनुपर्छ कि पर्दैन ? यो घटना वर्तमान प्रधानमन्त्रीलाई आफ्नो विगतका कारण सामान्य लाग्ला तर एक नागरिकका हिसाबले यो गम्भीर घटना हो । घटनास्थल रहेको प्रहरीका अधिकृतको जिम्मेवारी खोसिएको छ । तर, घटनामा सामेलहरूलाई कारबाही हुन्छ वा हुँदैन ? सार्वजनिक सवारीसाधनले सडकमा अराजकता मच्चाउँदै आएको तथ्य सबैले स्वीकार गरेकै हुन् । जथाभावी पार्किङ गर्ने, सडक बीचैमा यात्रु चढाउने, ट्राफिक नियम उल्लंघन गर्ने र यात्रुमाथि दुर्व्यवहार गर्ने व्यवसायीको व्यवहारबाट यात्रु सधैं पीडित छन् । यो समस्या समाधान गर्न आवश्यक छ । त्यसका लागि नियम कानूनको कडा कार्यान्वयन जरुरी छ । त्यसो त ट्राफिक प्रहरीले पनि कतिपय अवस्थामा ज्यादती नगरेका होइनन् । ज्यादती गर्नेमाथि कारबाहीको आफ्नै तरीका हुन्छ, त्यसमा दबाब दिने तरीका पनि छ । तर, त्यही नाममा सोमवार जुन अराजक गतिविधि भयो त्यो सभ्य समाजले स्वीकार्न सक्दैन । प्रहरी अधिकारीमाथि कारबाही गरेर मात्र पुग्दैन, यसमा सत्यतथ्य छानविन हुनुुपर्छ र क्षति भोगेकाहरूले क्षतिपूर्ति पाउनुपर्छ ।  कानून हातमा लिनेमाथि कारबाही हुन्छ भन्ने विश्वास दिलाउने दायित्व सरकारको हो । कतिपय आन्दोलनकारीले हिंसात्मक कार्यमा घूसपैठ भएको दाबी गर्न पनि सक्छन् । तर, आन्दोलन घोषणा गरिसकेपछि त्यसको जिम्मेवारी कसले लिने ? यो पनि पेचिलो रूपमा उठेको प्रश्न हो ।

सम्बन्धित सामग्री

जनयुद्ध दिवस मनाउने निर्णय सर्वोच्चद्वारा बदर

१३ पुस, काठमाडौं । सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको निर्णय बदर गरेको छ । जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने सर्वोच्चको ठहर छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २९ माघ २०७९ मा १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा […]

आम जनता पार्टीले मनायाे जनयुद्ध दिवस

वीरगंज । आम जनता पार्टी (आजपा)ले २८औं जनयुद्ध दिवस मनाएको छ । वीरगंजमा पार्टीको पर्सा जिल्ला भेलासहित आजपाले जनयुद्ध दिवस मनाएको हो । आजपा अध्यक्ष प्रभु साहले देशको शासन सत्तामा आम जनताको नेतृत्वदायी पहुँच एवं सहभागिता स्थापित गर्न सबै पक्षको ध्यान पुग्नुपर्ने बताए । जनयुद्धबाट प्राप्त उपलब्धिको संरक्षण गर्नुपर्नेमा उनले जोड दिएका छन् । २८औं […] The post आम जनता पार्टीले मनायाे जनयुद्ध दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेस सरकारले पहिलोपटक जनयुद्ध दिवस मनायो, तस्बिरमा हेर्नुहोस्

मधेस सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाएको छ । तत्कालीन नेकपा माओवादीले जनयुद्ध आरम्भ गरेको दिनको सम्झनामा प्रत्येक वर्ष सो पार्टीले जनयुद्ध दिवस मनाउने गरेको छ । आइबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेश सरकारको आयोजनामा मनाइएको २७ औं जनयुद्ध दिवसको उद्घाटन गरे ।जनयुद्ध दिवसकै अवसर पारेर मधेसी शहीद प्रतिष्ठानद्वारा आयोजित शहीद परिवार सम्मान तथा राहत वितरण कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले सरकारी तहबाटै जनयुद्ध दिवस मनाएर मधेस प्रद

जनयुद्ध दिवस: कागलाई बेल!

लामो समय छापामारका रुपमा युद्ध लडेका एक लडाकु भन्छन् ‘जनयुद्ध दिवस रोल्पालीका लागि कागलाई बेल’ जस्तै भएको छ। उनका अनुसार ‘नेतृत्वमा आएको बिचलनसंगै स्थानीय स्तरका नेता कार्यकर्तामा पनि स्वार्थले जरा गाडिसकेको छ।...

अखिल क्रान्तिकारीले पिलीमा मनायो २७ औं जनयुद्ध दिवस

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आइतबार कालीकोटको पिलीमा २७ औं जनयुद्ध दिवस मनाएको छ । तत्कालीन माओवादी जनयुद्धको महत्वपूर्ण युद्ध मोर्चामध्येको एक पिलीमा पुगेर अखिल क्रान्तिकारीले २७ औं जनयुद्ध दिवस मनाएको हो । यो कार्यक्रममा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित विद्यार्थी नेताहरु दिनेश पुन, अमर जंग शाही, राजेन्द्र बुढासहित सो पार्टीका नेताहरु संयोजक लक्ष्मी चौलागाई, अग्नि साहीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारीकी अध्यक्ष सिंहले पि

जनयुद्ध दिवस मनाउन ‘प्रचण्ड’ जनकपुर जाँदै, मधेस प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं, फागुन १ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २७ औं जनयुद्ध दिवस मनाउन आज जनकपुरधाम जाने भएका छन् । मधेस सहिद प्रतिष्ठानले जनकपुरको कभर्डहलमा मध्याह्न १ बजे आयोजना गर्ने जनयुद्ध दिवस विशेष कार्यक्रममा सहभागी हुन प्रचण्ड जनकपुधाम लागेका हुन् । जनयुद्ध दिवसको अवसर पारेर आज मधेस प्रदेशमा पहिलो पटक सार्वजनिक बिदासमेत दिइएको […]

नेता प्रभाकरको उपस्थितिमा मनाइयो रुकुममा जनयुद्ध दिवस

रुकुममा विभिन्न कार्यक्रमको आयोजना गरी २६ औं जनयुद्ध दिवस मनाइएको छ । नेकपा प्रभावशाली नेता तथा तत्कालीन माओवादी जनयुद्धका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकरको उपस्थितिमा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको हो । जसअनुसार रुकुमको सहिद स्मृति पार्कमा सहिदहरुको सालिकमा माल्यार्पण गरिएको छ । सोही कार्यक्रममा शुभकामना आदानप्रदान कार्यक्रम समेत राखिएको थियो । यसैगरी सानीभेरीमा चौथो राष्ट्रिय गुरिल्ला म्याराथुन दौडको आयोजना गरियो । यस्तै सानीभेरीमै जनयुद्ध दिवसको अवसरमा आर्थिक स

आज २६ औं‌ जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाण्डाै - आज २६ औं जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा तत्कालीन माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज जनयुद्ध दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ । सहिद स्मृति तथा सम्मान कार्यक्रमको ब्यानरमा दिवस भव्यरुपमा मनाउन सबै तहमा आग्रह गरिएको नेकपाको प्रचण्ड–नेपाल समूहले आग्रह गरेको छ । बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा सहिदहरुप्रति सम्मान कार्यक्रम राखिएको ने...