इरानकी २२ वर्षीया महसा अमिनीको धार्मिक प्रहरीको हिरासतमा भएको मृत्युलाई लिएर देशभर विरोध प्रदर्शन भइरहेका बेला इरान र इटलीबीच कूटनीतिक द्वन्द्व बढेको छ । रोमले इरानमा जारी विरोध प्रदर्शनको समर्थन गरेको विषयलाई उसको हस्तक्षेपवादी नीतिको विरोध गर्दै तेहरानले इटलीका राजदूतलाई बोलाएर विरोध जनाएको छ । रोमले अघिल्लो दिन इरानी कूटनीतिज्ञलाई बोलाएर तेहरानको आलोचना गरेपछि उसले पनि इटालीका राजदूतमार्फत विरोध जनाएको हो । उपयुक्त पोशाक नलगाएको अभियोगमा इरानको धार्मिक प्रहरीको पक्राउमा परेकी